Kakhara सबैको खबर सम्पूर्ण खबर

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले भूकम्प प्रभावित क्षेत्रका पत्रकारले खेलेको भूमिका प्रशंसनीय रहेको भन्दै प्रशंसा गर्नुभएकाे छ । रुकुम पश्चिम पुग्नुभएका अध्यक्ष पोख्रेलले भूकम्प जस्तो विपत्तिका बेला यहाँका पत्रकारले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको हो । ‘भूकम्पका बेला रुकुम र जाजरकोटका पत्रकारहरूले जुन खालको भूमिका खेल्नुभएको छ, यो निकै प्रशंसनीय छ, तपाईँहरूले आफै पीडामा रहेर पनि सत्य तथ्य रिपोर्टिङमा जुन भूमिका खेल्नुभएको छ, यसको म मुक्तकण्ठले प्रशंसा गर्छु ।’

साथै उहाँले विपत्तिका बेलामा मिथ्या सूचनाको जोखिम हुनेभएकोले यसमा सतर्क रहन पत्रकारहरूलाई आग्रह गर्नुभयो । यस्तो बेलामा हुने सानो गल्तीले पनि ठुलो समस्या निम्त्याउने भएकोले सतर्क रहन उहाँले सबै पत्रकारलाई आग्रह गर्नुभएको हो । त्यस्तै उहाँले पत्रकार महासंघ भूकम्प प्रभावित क्षेत्रका पत्रकारहरूको साथमा रहेको बताउनुभयो । पेसागत सुरक्षा देखि सञ्चार माध्यम र पत्रकारको हकहितका लागि महासंघ गम्भीर रहेको उहाँले बताउनुभयो । सरकार तथा निजी क्षेत्रहरूसँग समेत महासङ्घले समन्वय गरेर पत्रकारको हकहितका लागि काम गरिरहेको उहाँको भनाई थियो । 

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update