Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा फेला परेकाे शवको पहिचान नभएपछि एक हप्ता पछि दाहसंस्कार 
शव दाहसंस्कारका लागि लगिदै ।

रुकुम पश्चिममा पहिचान नखुलेपछि एक पुरुषको एक सातापछि दाहसंस्कार गरिएको छ । गत मङ्सिर १० गते सानीभेरी गाउँपालिका वडा नम्बर ३ मुलपानी बैरेनीतरा स्थित सानीभेरी नदी किनारमा शव फेला परेको थियो । हुलिया परिपत्र गर्दा समेत ती पुरुषको शव पहिचान नभएपछि आज दाहसंस्कार गरिएको मुसिकोट नगरपालिकाका नगर प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक उमेश केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ती पुरुषको शव सडेको अवस्थामा फेला परेको थियो । अन्दानी ३५ वर्षीय पुरुषको आज नेपाल प्रहरी र नगर प्रहरीको समूहले कानुनी प्रक्रिया पुर्‍याएर दाहसंस्कार गरेको सहायक निरीक्षक केसीले जानकारी दिनुभयो । शव पहिचानको लागि लामो समय जिल्ला अस्पतालको शव गृहमा राखिएको थियो । मुग्लुखाेला घाटमा उक्त शवको अन्त्येष्टि गरिएको हो ।

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update