युवा व्यवसायी बोहराद्वारा भूकम्प प्रभावितलाई सहयोग
युवा व्यवसायी लालवीर बोहराले भूकम्प प्रभावितलाई सहयोग गर्नुभएको छ । उहाँले रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि ६५ हजारको सहयोग गर्नुभएको हो । जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिमा पुग्ने गरी अस्थायी आवास तथा पुनर्निर्माणमा प्रयोग हुने औजारहरू सहयोग गर्नुभएको छ । सहयोग सङ्कलनको सहजकर्ता तिलक परियारका अनुसार २० थान बेल्चा, २० थान गैंटी, १० थान झप्पल सहयोग गर्नुभएको छ ।
त्यस्तै बोहराले नेकपा माओवादी केन्द्रका नेता अनिल शर्माको नेतृत्वमा थालिएको न्यानो अभियान मार्फत सङ्कलन भएका राहत सामग्री रुकुम पुर्याउन एउटा गाडीको भाडा बेहोरेको परियारले जानकारी दिनुभयो । औजार र गाडी भाडा सहित ६५ हजार सहयोग गरेको उहाँको भनाई छ । उक्त औजार तथा राहत सामग्री आज जिल्ला आइपुग्ने बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८० ०८:४७
प्रतिक्रिया दिनुहोस्