Kakhara सबैको खबर सम्पूर्ण खबर
माओवादी केन्द्र मुसिकोट १० ले बनाइदियो पाँच वटा अस्थायी आवास 
मा‌ओवाेदी केन्द्र मुसिकाेट १० ले निर्माण गरेका अस्थायी आवास ।

नेकपा माओवादी केन्द्र रुकुम पश्चिम मुसिकोट १० ले भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गरिदिएको छ । वडाबाट गएको पार्टीको टोलीले सानीभेरी गाउँपालिका वडा नम्बर १ पक्रैँयामा पाँच वटा अस्थायी आवास निर्माण गरेको हो । पार्टीका वडा समिति अध्यक्ष जीतबहादुर खड्का र उपाध्यक्ष खीमबहादुर ओली नेतृत्वको टोलीले पक्रैँया गाउँका खिमसरा खड्का पुन, वीरेन्द्र पुन, भिमसरा पुन, कोपिला पुन र धनमाया राना पुनको अस्थायी आवास निर्माण गरेको बताइएको छ । खिमसरा गर्भवती समेत हुन् ।

407116570_7323855687624893_8145408091273460744_n1701747645.jpg

जोखिमपूर्ण घर भत्काएर सामग्री व्यवस्थापन गरी अस्थायी आवास निर्माण गरिदिएको पार्टीका वडाध्यक्ष खड्काले जानकारी दिनुभयो । घर निर्माण गरेर हस्तान्तरण समेत गरिएको उहाँले बताउनुभयो । अस्थायी आवास निर्माणका लागि वडाध्यक्ष धनबहादुर खड्का पनि खटिनुभएको थियो ।

भूकम्प प्रभावित क्षेत्रमा विभिन्न राजनीतिक दलले स्वयंसेवा गरिरहेका छन् । उद्धार र राहत पछि अहिले अस्थायी आवास निर्माणको काम धमाधम भइरहेको छ । सरकारी तवरबाट समेत अस्थायी आवास निर्माणका लागि धमाधम रकम निकासा भइरहेको छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  ०९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update