सोती घटनाको फैसला भएपछि पीडित परिवारले खुसी व्यक्त गरेका छन् । आफूहरूले न्याय पाएको भन्दै जाजरकोटका नवराज विक सहित ६ जना युवाका परिवारले हर्ष बढाइ गरेका छन् । रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोटमा बाजागाजा सहित खुसीयाली र्याली निकालिएको थियो । पीडितले रुकुम अदालतलाई धन्यवाद समेत दिएका छन् ।
उनीहरुले अदालतलाई ढोगेका थिए । उनीहरूले न्याय नमरेको बताए । खलङ्गाको त्रिवेणी चोकबाट अदालत मुनि पुगेका उनीहरू खलङ्गा बजार परिक्रममा गरेर कालिका स्थानमा पुगेका थिए । त्यहाँ कोणसभा भएको थियो । त्यस क्रममा दलित अधिकारकर्मी तथा न्यायका लागि लडेकाहरूले सम्बोधन गरेका थिए । पीडितलाई न्याय दिइएको भन्दै उनीहरूले अदालतलाई धन्यवाद दिँदै खुसी साटासाट गरेका थिए । पीडित परिवारले अदालतको फैसलाबाट आफूहरू सन्तुष्ट रहेको बताएका छन् ।
हेर्नुहाेस फाेटाेहरु
फाेटाेहरु: मनिष खड्का/कखरा ।