Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुमेली नापी समाजको अध्यक्षमा गणेश खड्का 

रुकुमेली नापी समाजको अध्यक्षमा गणेश खड्का निर्वाचित हुनुभएको छ । काठमाडौँमा भएको छैटौँ स्थापना दिवस तथा तेस्रो साधारण सभाबाट खड्काको अध्यक्षतामा सर्वसम्मत दुई सदस्य पछि थप्ने गरी १५ सदस्यीय नयाँ नेतृत्व चयन गरिएको हो । खड्का दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँ यसअघि २०७५ सालमा पहिलो साधारण सभाबाट अध्यक्षमा निर्वाचित हुनुभएको थियो । नयाँ कार्य समितिको उपाध्यक्षमामा उपाध्यक्षमा सञ्चित ओली, महासचिवमा हिरालाल के.सी., सचिवमा हरिबहादुर खत्री, विष्णुकुमार ओली र दिनेश खत्री तथा कोषाध्यक्षमा यामराज बोहरा रहनुभएको छ ।

समाजको सदस्यमा भरत ओली, नरेन्द्र केसी, निश्चल पुन मगर, सन्ध्या घर्ती मगर, समीक्षा पुन मगर र खड्कबहादुर भण्डारी रहनुभएको छ । समाजको संरक्षकमा निवर्तमान अध्यक्ष प्रकाश ओली र सल्लाहकारमा डिल्लीबहादुर ओली, हरिबहादुर ओली, दीपककुमार खड्का, रेणुका गिरी ओली, गोविन्द बोहरा, बलाराम खत्री र सृजन भण्डारी चयन हुनुभएको छ । निवर्तमान अध्यक्ष ओलीको अध्यक्षतामा भएको कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता तथा नेपाल सरकारका सहसचिव गणेशप्रसाद भट्टको प्रमुख र नापी विभागका महानिर्देशक प्रकाश जोशीको विशेष आतिथ्यता रहेको थियो । 

समाजको स्थापना दिवस तथा साधारण सभाको अवसरमा जसअन्तर्गत ब्याडमिन्टन सिनियर तर्फ, फुटसल, हाजिर जवाफ लगायतका कार्यक्रम सञ्चालन गरिएको थियो । ब्याडमिन्टनमा आयोजक प्रथम, सुदूरपश्चिमको टिम द्धितीय र गण्डकीको टिम तृतीय भएको छ । जुनियर तर्फ आयोजक टिम, नापी कार्यालय धादिङ द्वितीय, सुदूरपश्चिम नापी समाज तृतीय भएको । 

फुटसल तर्फ पनि आयोजक रुकुमेली नापी समाज प्रथम, नापी कार्यालय साँखु द्वितीय र एसोसिएसन अफ जिमोटिक्स इन्जिनियरिङ तृतीय भएको छ । सर्भे हाजिर जवाफ प्रतियोगितामा समेत आयोजक प्रथम, सुदूरपश्चिम द्वितीय र रुकुमेली नापी समाजकै सानोभेरी तृतीय भएको छ । सबै प्रतियोगितामा स्थान प्राप्त गर्ने टिमलाई पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update