Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका भूकम्पपीडित परिवारका ६० जना बालबालिकालाई प्राविधिक कोर्स निःशुल्क 
फाइल फाेटाे ।

गत कात्तिक १७ गते जाजरकोट रामीडाँडा केन्द्र विन्दु भएर गएको भूकम्पले क्षति पुर्‍याएको रुकुम पश्चिमका पीडित परिवारका ६० जना विद्यार्थीलाई सुर्खेतकाे बराहताल गाउँपालिकाले निःशुल्क प्राविधक विषयकाे अध्ययन गराउने भएको छ । गाउँपालिकाले प्रभावित क्षेत्रका ६० जना बालबालिकालाई निःशुल्क अध्ययन गराउने भएको हो । कृषि तर्फ १८ महिने र तीन वर्षे तथा पशु प्राविधिक तर्फ पनि १८ महिने र तीन वर्षे प्राविधिक कोर्स निःशुल्क अध्ययन गराउने भनी गाउँपालिकाले जानकारी गराएकाे जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

रुकुम पश्चिमका ६० जना बालबालिकाहरूलाई प्राविधिक कोर्स पढ्दा लाग्ने सबै खर्च बेहाेर्ने भनी गाउँपालिकाले कार्तिक २३ गते पत्राचार गरेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवाले जानकारी दिनुभयो । उहाँका अनुसार कृषि १८ महिने तर्फ १५, तीन वर्षे तर्फ १५ गरेर ३० तथा पशु प्राविधिक तर्फ १८ महिने तर्फ १५ र तीन वर्षे तर्फ १५ गरेर ३० जना गरी जम्मा ६० जना बालबालिकालाई लाग्ने सबै शुल्क मिनाहा गर्ने बराह ताल गाउँपालिकाले जानकारी गराएकाेले सोही अनुसार बालबालिकालाई लाभ लिन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेकाे छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update