Kakhara सबैको खबर सम्पूर्ण खबर
माओवादी केन्द्रले रुकुम पश्चिममा तीन हजार एक सय ६८ वटा अस्थायी आवास बनायो 
अस्थायी आवास निर्माण गर्दै जनार्दन शर्मा सहितकाे टाेली ।

नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले तीन हजार बढी अस्थायी आवास निर्माण गरेको छ । जिल्लाका भूकम्प प्रभावित क्षेत्रमा सोमबारसम्म तीन हजार एक सय ६८ वटा अस्थायी आवास निर्माण गरेको नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले जनाएको छ । आज पत्रकार सम्मेलन मार्फत माओवादी केन्द्रले जिल्लामा हालसम्म निर्माण भएका अस्थायी आवासका बारेमा जानकारी गराएको हो ।

माओवादी केन्द्रका अनुसार आठबिसकोट नगरपालिकामा एक हजार तीन सय पाँच, सानीभेरी गाउँपालिकामा आठ सय ५४, चौरजहारी नगरपालिकामा ६ सय सात, मुसिकोट नगरपालिकामा २४, त्रिवेणी गाउँपालिकामा तीन सय सात र बाँफिकोट गाउँपालिकामा ७१ वटा अस्थायी आवास निर्माण गरिएको छ ।

भूकम्पले घर ध्वस्त भई पालमा बस्दै आएका परिवारका लागि अस्थायी आवास निर्माण गर्न माओवादी केन्द्र रुकुम पश्चिमले पार्टी र सबै जन वर्गीय सङ्गठनलाई स्वयंसेवक दलमा परिणत गरेको छ । यसको इन्चार्जमा पार्टीका उपमहासचिव तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा रहनुभएको छ । उहाँको नेतृत्वमा माओवादी केन्द्रले रुकुम पश्चिममा अस्थायी आवास निर्माणको अभियान चलाइरहेको छ ।

Untitled-11702362260.jpg

अहिले पनि पार्टी कार्यकर्ताहरू अभियानमा रहेको पार्टीका उपमहासचिव शर्माले जानकारी दिनुभयो । अस्थायी आवास निर्माण मात्र नभई पार्टीले भूकम्प प्रभावितलाई काउन्सिलिङ गर्ने, समस्या रहेका ठाउँमा सहजीकरण गर्ने जस्ता काम गरिरहेको उहाँको भनाई छ । जिल्लाभरमा ठुलो सङ्ख्यामा अस्थायी आवास निर्माण गर्नुपर्नेमा अहिलेसम्म निकै कम मात्र अस्थायी आवास बन्न सकेको उहाँले बताउनुभयो ।

‘हाम्रो पार्टीले जिल्ला भरमा तीन हजार बढी अस्थायी आवास बनाएको छ, अन्य पार्टी र सङ्घसंस्था तथा व्यक्तिगत स्वयंसेवाबाट अरू एक हजार घर बनेका होलान्, जिल्लाभरमा ३२ हजार घर भत्किएका छन्, उहाँले भन्नुभयो–अस्थायी आवास निर्माणको क्रम सुस्त नै छ ।’ हालसम्म जिल्लामा २४ हजार चार सय २३ घरको मुचुल्का तयार भएको र ६ हजार नौ सय ९६ परिवारले पहिलो किस्ता पाइसकेको उहाँले जानकारी गराउनुभयो ।

Untitled-1२1702362281.jpg

यद्यपि जिल्लाबाट १६ हजार बढी परिवारका लागि पहिलो किस्ता स्थानीय तहको खातामा गइसकेको छ । लाभग्राहीको बैङ्क खाता नहुनु तथा मुचुल्का लगायतका काममा ढिलाइ हुँदा स्थानीय तहले फटाफट लाभग्राहीलाई पहिलो किस्ता दिन सकेका छैनन् । 

269ca304-a0e6-406a-bcd8-fc6ca7ff0d9e1702362427.jpeg

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update