
रुकुम पश्चिमका भूकम्प पीडितको अस्थायी आवास निर्माणका लागि नेपाली काँग्रेसका युवा नेता तथा महाधिवेशन प्रतिनिधि टिकाराम खनालले आर्थिक सहयोग गर्नुभएको छ । अस्थायी आवास निर्माणका लागि खनालले तीन लाख आर्थिक सहयोग गर्नुभएको हो । नेपाली काँग्रेसले सञ्चालन गरेको अभियान मार्फत आवास निर्माण गर्न उहाँले तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेको पार्टीका जिल्ला कोषाध्यक्ष मोहवीर खड्काले जानकारी दिनुभयो ।
जिल्लाको आठविसकाेट, सानोभेरी लगायतका स्थानीय तहमा अस्थायी आवास निर्माणका लागि उक्त रुपैयाँ खर्च गरिने उहाँले बताउनुभयो । बाँफिकाेट गाउँपालिका ६ मग्मा घर भएका खनालले यसअघि पनि विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आउनुभएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८० १२:५९
प्रतिक्रिया दिनुहोस्