Kakhara सबैको खबर सम्पूर्ण खबर
सशस्त्र प्रहरीले रुकुम पश्चिममा १४ अस्थायी आवास बनायो 
आफैले निर्माण गरेकाे अस्थायी आवास सुत्केरी महिलालाई हस्तान्तरण गर्दै सशस्त्र प्रहरीकाे टाेली ।

सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्म रुकुम पश्चिमले भूकम्प प्रभावित जिल्लाका विभिन्न ठाउँमा अस्थायी आवास निर्माण गरिरहेकाे छ । जिल्लाका चौरजहारी नगरपालिका, त्रिवेणी गाउँपालिका र मुसिकोट नगरपालिकामा सशस्त्रको टोली खटिएको छ । हालसम्म सशस्त्रले १४ वटा अस्थायी आवास निर्माण गरेको जानकारी दिएको छ । सशस्त्र प्रहरी निरीक्षक जालान्धर केसीका अनुसार चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिकामा गरी १४ वटा अस्थायी आवास निर्माण गरिएको हो ।

WhatsApp Image 2023-12-21 at 21.01.48_782eac331703213802.jpg

चौरजहारी नगरपालिकामा ८ र त्रिवेणी गाउँपालिकामा ७ वटा अस्थायी आवास निर्माण गरिएको केसीले बताउनुभयो । चौरजहारीमा तेजबहादुर बटाला, तुलसा कामी, जयधरा खत्री, देवकी ओली, कृष्ण कामी, पानमती गिरी, एलिशा विक र पदमीकुमारी विककाे परिवारका लागि सशस्त्रले अस्थायी आवास बनाइदिएको हो । त्यस्तै त्रिवेणीमा धनसिंह खड्का, रुपा खड्का, विष्णुकुमारी ओली, लालसरी ओली, गणेशबहादुर खड्का र कबिराम ओलीकाे अस्थायी आवास निर्माण गरेको सशस्त्र प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो ।

WhatsApp Image 2023-12-21 at 21.01.50_23aa7a7e1703213800.jpg

वृद्ध वृद्धा, अपाङ्ग, एकल महिला, सुत्केरी महिला, बिरामी र विपन्न परिवारका लागि आवास बनाइदिएको उहाँको भनाई छ । उहाँका अनुसार अस्थायी आवास निर्माणका लागि चौरजहारीमा १५ जना, त्रिवेणीमा १० जना र मुसिकोटमा १० जनाको टोली खटिएको छ । 

WhatsApp Image 2023-12-21 at 21.01.45_0230cea01703213806.jpg

WhatsApp Image 2023-12-21 at 21.01.49_d5faa1ef1703213800.jpg

WhatsApp Image 2023-12-21 at 21.01.49_b738328a1703213803.jpg

WhatsApp Image 2023-12-21 at 21.01.47_655a86031703213805.jpg

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update