Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटका लागि रूकुम पश्चिम स्तरीय छनाैट सुरू

आगामी माघमा काठमाडौंमा हुने प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि रूकुम पश्चिम जिल्ला स्तरीय छनाेट सुरू भएकाे छ । सानीभेरी गाउँपालिका वडा नम्बर ३ बेल्टापु खेल मैदानमा छनाेट सुरू भएकाे हाे । कार्यक्रमकाे सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले बलिङ गर्दै उद्घाटन गर्नुभयाे ।

received_2841898875416341703247496.jpeg

छनाेटमा ४० बढी खेलाडी सहभागी छन् । सहभागी खेलाडीलाई चार समूहमा विभाजन गरेर खेल सञ्चालन भइरहेकाे जिल्ला क्रिकेट संघका अध्यक्ष दीपक बाँठा मगरले जानकारी दिनुभयाे । उहाँका अनुसार छनाेट कार्यक्रम भाेली शनिबार सम्पन्न हुने छ । यसबाट रूकुम पश्चिमकाे टिम निर्माण गरिने उहाँले बताउनुभयाे ।

received_22062017595860351703247483.jpeg

उक्त टिमले कर्णाली प्रादेशिक छनाेटमा सहभागिता जनाउने अध्यक्ष बाँठा मगरले जानकारी दिनुभयाे । त्यसबाट कर्णाली प्रदेशकाे टिम निर्माण गरिने छ । उक्त टिमले माघ पहिलाे साता काठमाडाैंमा आयाेजना हुने प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छ ।

received_7428755406173631703247532.jpeg

जिल्ला स्तरीय छनाैट कार्यक्रमलाई सम्बाेधन गर्दै सानीभेरी गाउँपालिका अध्यक्ष बिष्टले सानीभेरी क्रिकेट खेलकाे विकासका लागि गम्भीर रहेकाे बताउनुभयाे । पछिल्लाे समय क्रिकेटकाे क्रेज बढिरहेकाे उल्लेख गर्दै उहाँले क्रिकेटकाे विकासका क्रिकेटका बारेमा अझ धेरैलाई बुझाउन आवश्यक रहेकाे बताउनुभयाे ।

साथै उहाँले गाउँपालिकाले क्रिकेटकाे विकासका लागि आवश्य सहयाेग गरिरहेको र आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयाे ।

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update