Kakhara सबैको खबर सम्पूर्ण खबर
रुमालबारामा अनेमसंघ क्रान्तिकारीकाे टाेल समिति गठन 

रुकुम पूर्वको नेकपा माओवादी केन्द्रको जन वर्गीय सङ्गठन अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी  सिस्ने वडा नम्बर ५ रुमालबाराकाे टोल कमिटी गठन भएको छ । लक्ष्मी घर्तीकाे अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन भएको हो । जसको उपाध्यक्षमा मनकुमारी मल्ल, सचिवमा कल्पना सिंह, सहसचिवमा रिता मल्ल र कोषाध्यक्षमा राधा मल्ललाई चयन गरिएको छ ।  

माओवादी  केन्द्र स्थायी कमिटी सदस्य कमला रोका, जिल्ला संयोजक कुमारी बराल, अनेमसंघ क्रान्तिकारी जिल्ला सदस्य सावित्री जिएम र सिस्ने गाउँ कमिटी अध्यक्ष दिलकुमारी मल्ल लगायतको उपस्थितिमा सङ्गठन विस्तार गरिएको हो ।

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update