नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी रुकुम पश्चिमको तेस्रो पूर्ण बैठक बसेको छ । मुसिकोट नगरपालिका वडा नम्बर ५ शेरिगाउँमा बसेको बैठकले विभागीय जिम्मेवारी तोकेको छ । स्कुलिङ/प्रशिक्षण विभागको जिम्मेवारी किरण विश्वकर्मा, अतिरिक्त विभागको दीपेन्द्र ओली, सङ्गठन, कार्यालय व्यवस्थापन/तथ्याङ्क अभिलेखीकरणको दुर्गाप्रसाद विक, प्रचारको प्रकाश डाँगी, आर्थिकको विजया पुन, सांस्कृतिकको पूजा बिक, छात्राको अनुशा पुन, अनुशासनको दीपक डाँगी र स्वयंसेवक विभागको जिम्मेवारी वीरभान भण्डारीलाई दिइएको छ ।
बैठकले पालिका इन्चार्जको जिम्मेवारीमा पनि हेरफेर गरेको छ । बाँफिकोट गाउँपालिकामा किरण विश्वकर्मा, चौरजहारी नगरपालिकामा निर्मल केसी, आठबिसकोट नगरपालिकामा दीपक केसी, मुसिकोट नगरपालिकामा दुर्गाप्रसाद विक, त्रिवेणी गाउँपालिकामा दीपेन्द्र ओली र सानीभेरी गाउँपालिका इन्चार्जको जिम्मेवारी अपार रसाइलीलाई तोकिएको अखिल क्रान्तिकारीले जनाएको छ ।
विद्यार्थी सङ्ख्या धेरै भएका जिल्लाका नौ वटा विद्यालयमा पनि इन्चार्ज तोकिएको सङ्गठनका जिल्ला सचिव दुर्गाप्रसाद विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार त्रिजमावि खलङ्गामा दीपक डाँगी, शितल मावि चौरजहारीमा अनुशा पुन, यमुना नन्द नमुना मावि शेरिगाउँमा रमा बाँठा मगर, वीरेन्द्र मावि बाँफिकोटमा प्रेङ्का घर्ती, त्रिवेणी मावि सिम्रुतुमा प्रेमा शेर्पाली, हिमालय मावि खोलागाउँमा महेश ओली, राप्ती ज्ञानोदय मावि सिम्लीमा हिरा कुसारी, नमुना मावि आठबिसकोटमा टेकबहादुर खत्री र सहिद यज्ञश्वर बहु प्राविधिक शिक्षालय चौरजहारीमा शुष्मा पोख्रेललाई इन्चार्ज बनाइएको छ ।
क्याम्पसको हकमा भने रुकुमेली क्याम्पसमा पूजा बिक र अन्य क्याम्पसमा सङ्गठनका तर्फबाट विजयी स्ववियु सभापतिलाई इन्चार्ज तोकिएको छ ।
सङ्गठनले पालिका समितिको बैठक तथा सम्मेलन गर्ने समेत निर्णय गरेको छ । मुसिकोट नगरपालिकामा पौष १४ गते, त्रिवेणी गाउँपालिकामा पौष २० गते, आठबिसकोट नगरपालिकामा पौष २७ गते, बाँफिकोट गाउँपालिकामा पौष २८ गते, सानीभेरी गाउँपालिकामा पौष २९ गते र चौरजहारी नगरपालिकामा माघ १२ गते बैठक तथा सम्मेलन गर्ने निर्णय भएको सचिव विश्वकर्माको भनाई छ । सङ्गठनका जिल्ला अध्यक्ष निराजन केसीको अध्यक्षतामा बैठक बसेको हो ।