Kakhara सबैको खबर सम्पूर्ण खबर
माओवादी केन्द्र रुकुम पश्चिमले भन्यो भूकम्प पछिको पुनर्निर्माण तत्काल अघि बढाऔ 

नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले भूकम्प पछिको पुनर्निर्माण तत्काल अघि बढाउन अनुरोध गरेको छ । शुक्रवार मुसिकोट ५ शेरिगाउँमा बसेको जिल्ला समिति बैठकले तत्कालै पुनर्निर्माण अघि बढाउन सम्बन्धित निकायलाई अनुरोध गर्दै यसका लागि सुझाव समेत दिएको छ । 

घर निर्माणको लागि डिजाइन र कार्यविधि २०८० पुस मसान्तभित्र लाभग्राहीहरूलाई उपलब्ध गराउन र डिजाइनमा परिवारको आवश्यकता अनुसार कोठाहरू थपघट गर्न पाउने गरी कार्यविधि तयार गर्नुपर्ने माओवादीको सुझाव छ ।

त्यस्तै सरकारबाट प्राप्त हुने पुनर्निर्माण सहयोग रकममा लाभग्राही आफैले थप गरी पक्की घर बनाउन चाहेमा त्यसलाई समेत मान्यता दिन, भूकम्प जाँदाका बखत कानुनी रूपले अंशबन्डा नभएको भएता पनि व्यवहारिक रूपले अंशबन्डा भई अलग अलग घरमा बसेका रहेछन् भने त्यस्तो परिवारलाई समेत पुन निर्माणको लागि लाभग्राही कायम गर्नुपर्ने माओवादी केन्द्र रुकुम पश्चिमको माग छ ।

घर पुनर्निर्माण प्रयोजनको लागि सस्तो ब्याजदरमा २० लाखसम्म सहुलियत ऋणको व्यवस्था गर्न पनि सुझाव दिने निर्णय भएको नेकपा माओवादी केन्द्र रुकुम पश्चिमका संयोजक गोविन्द रोका सचिनले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  ०८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update