Kakhara सबैको खबर सम्पूर्ण खबर
रिम्नामा एक लाख पुरस्कारको भलिबल हुने 
फाइल फाेटाे ।

रिम्ना मेलाको अवसरमा पुरुष भलिबल लगायतका कार्यक्रमहरू राखिएको छ । परम्परागत रूपमा लाग्दै आएको मेलाको अवसरमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ४ को रिम्ना दोभानमा खेलकुद लगायतका कार्यक्रम हुने भएका हुन् । रिम्ना मेला व्यवस्थापन समितिले खेलकुद सहित साँस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।

मेला व्यवस्थापन समितिका अध्यक्ष नवीन ओली (यदु)का अनुसार यही पौष २८ गतेदेखि सञ्चालन हुने पुरुष भलिबलको विजेताले नगद एक लाख एक हजार पुरस्कार पाउने छ । त्यस्तै उप विजेताले उपविजेताले ७० हजार पुरस्कार पाउँदा सान्त्वना हुने टिमले ३५ हजार पुरस्कार पाउने ओलीको भनाई छ । विजयी टिम तथा खेलाडीलाई नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र समेत प्रदान गरिने छ ।

मेलाको अवसरमा सटफुट (छेलो) प्रतियोगिता समेत आयोजना गरिएको छ । २८ गतेबाट सुरु हुने मेला माघ ३ गतेसम्म लाग्ने बताइएको छ । सानीभेरी र ठुली भेरी नदीको सङ्गम स्थल रिम्ना धार्मिक रूपमा महत्त्व बोकेको ठाउँ हो । यो ठाउँमा माघ १ गते स्नान गर्नाले पाप कटिने जनविश्वास रही आएको छ ।    

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update