रुकुम पश्चिमको मुसीकोट नगरपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड वडा नं. १३ को महेन्द्र मावि छिवाङ चौताराले जितेको छ । १० स्वर्ण, १० रजत र ५ काँस्य सहित कुल २५ पदकका साथ महेन्द्र माविले शिल्ड आफ्नो पक्षमा पारेको हो । ५ स्वर्ण, २ रजत सहित कुल ७ पदक हात पारेको यमुना नन्द नमूना मावि शेरिगाउँ दोस्रो भएको छ । त्रिभुवन जनता मावि खलंगा तेस्रो हुँदा न्यु मुन लाईट बोर्डिङ स्कुल शान्त्वना भएको शिल्ड आयोजक समितिका सदस्य नरवहादुर ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार त्रिभुवन जनता माविले ३ स्वर्ण, ४ रजत र ७ काँस्य सहित कुल १४ पदक प्राप्त गर्यो भने न्यू मुन लाईटले ३ स्वर्ण, १ रजत र १ काँस्य सहित ५ पदक हात पारेको छ । नगरपालिकाले स्थानीय तह बनेपछि पहिलो पटक राष्ट्रपति रनिङ शिल्ड संचालन गरेको हो । शिल्डमा नगर भित्रका २० माध्यमिक विद्यालय मध्ये १८ वटाले भाग लिएका थिए । शिल्ड मुसीकोट खलंगाको बह्राटाकुरा स्थित टुँडिखेल सहित विभिन्न ठाउँमा संचालन भएको थियो ।
त्यस्तै शिल्ड संगै नगर प्रमुख अतिरिक्त खेलकुद क्रियाकलाप समेत सम्पन्न भएको छ । अतिरिक्त क्रियाकलापमा नगरका ३७ वटा विद्यालय सहभागिता रहेको थियो ।