Kakhara सबैको खबर सम्पूर्ण खबर
पिएम कपका लागि कर्णाली प्रादेशिक क्रिकेट सङ्घले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो 

कर्णाली प्रादेशिक क्रिकेट सङ्घले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ । सुर्खेतको वीरेन्द्रनगरमा पौष १० देखि १५ गतेसम्म सञ्चालन भएको छनौट प्रतियोगिताबाट सङ्घले २० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । बन्द प्रशिक्षण पौष २३ गतेदेखि दाङको घोराहीमा सञ्चालन हुने कर्णाली प्रादेशिक क्रिकेट सङ्घले जनाएको छ ।

अहिलेलाई २० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको र त्यसबाट टिम निर्माण हुने कर्णाली प्रादेशिक क्रिकेट सङ्घका सचिव श्रीधर केसीले जानकारी दिनुभयो । सङ्घले । रविन्द्रजंग शाही, निच्छल रावल, दिवान पुन, अर्जुन घर्ती, प्रकाश जैसी, दिनेश अधिकारी, अनुज चनरा, मनिष थापा, दिनेश रावत, विपिन शाही, दिपेन्द्र रावत, युनिसविक्रम सिंह, राजेश खड्का र हिमांशु शाहीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ ।

त्यस्तै विपिनप्रसाद शर्मा, मोहन केसी, आदित्यविक्रम शाह, सुनिल शाही, धनबहादुर केसी र विक्रम रोकालाई पनि सङ्घले बन्द प्रशिक्षणमा बोलाएको छ । बन्द प्रशिक्षणमा रुकुम पश्चिमका दुई जना खेलाडी परेका छन् । कर्णाली प्रदेशको तर्फबाट यसअघि नै विभिन्न राष्ट्रिय प्रतियोगिता खेलिसकेका अर्जुन घर्ती र पहिलो पटक धनबहादुर केसी बन्द प्रशिक्षणमा परेका हुन् । पिएम कप काठमाडौँ र भैरहवामा सञ्चालन हुन गइरहेको छ ।

416848310_1069277870885262_4490978692553355542_n1704438479.jpg

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update