स्थानीयद्वारा भैरवी घाट परिसरमा सरसफाइ
रुकुम पश्चिम आठविसकोट नगरपालिका वडा नम्बर ९ राडी बजार नजिकै रहेको भैरवी घाटमा सरसफाइ गरिएको छ । बजारमाबाट बगेको गएको फोहर हटाइएको हो । ज्येष्ठ नागरिक दिपाराम उपाध्यायको नेतृत्वमा १८ जना युवाहरूले फोहर व्यवस्थापन गरेको स्थानीय हरिप्रसाद शर्माले बताउनु भयो ।
वडा नम्बर ९ को आर्थिक सहयोगमा भैरवी घाटसम्म बत्ती जडान हुन लागेकोमा पोल गाड्ने र तार तान्ने लगायतको काममा स्थानीय युवाहरूले दुई दिन श्रमदान गर्दै बिहीबार सरसफाइ गरेका हुन् । श्रमदानबाटै विकास निर्माणका काम गर्न सकिन्छ भनेर देखाउन श्रमदान तथा सरसफाइ गरिएको युवाहरूको भनाई छ ।
प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८० १३:१६
प्रतिक्रिया दिनुहोस्