सानीभेरी गाउँपालिकाको पाँचौ राष्ट्रपति रनिङ शिल्ड जारी
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको पाँचौ राष्ट्रपति रनिङ शिल्ड जारी छ । शिल्ड बिहिबार देखि वडा नम्बर ३ को बेलटापु खेल मैदानमा सञ्चालन भइरहेको छ । शिल्डमा गाउँपालिकाका १३ वटा विद्यालयका बिद्यार्थी सहभागी छन् ।
शिल्डमा छात्र छात्रा भलिबल, विभिन्न दुरिका दौड, सटफुट, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो खेलमा प्रतिस्पर्धा भइरहेको गाउँ शिक्षा शाखा प्रमुख भुपालसिँह बिष्टले जानकारी दिनुभयो । शिल्ड २२ गतेसम्म सञ्चालन हुने छ । यसअघि जिल्लाको त्रिवेणी गाउँपालिकामा शिल्ड सञ्चालन भइसकेको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८० १६:३५
प्रतिक्रिया दिनुहोस्