जिल्लाभर ३१ वडा छन् । तीन गाउँपालिका भएको जिल्लाका उमेरले सबभन्दा कान्छा वडाध्यक्ष हुनुहुन्छ जीवन केसी । साविकको सिङ्गै प्वाङ गाविस नै सिस्ने गाउँपालिकाको २ नम्बर वडा छ । अन्य गाविसलाई दुई वा त्यो भन्दा बढी वडामा विभाजन गरियो । तर प्वाङलाई एउटै वडा बनाइयो । सोही वडाको नेतृत्वमा हुनुहुन्छ, केसी । उहाँ उमेरले २८ वर्षमा हुनुहुन्छ । वडाध्यक्ष निर्वाचित भएको भने तीन वर्ष पूरा भएको छ । यस अवधिमा वडामा थुप्रै काम भएका छन् । स्थानीय तह, प्रदेश तथा संघीय सरकारबाट प्राप्त बजेट परिचालन मार्फत भौतिक, सामाजिक, चेतनामूलक विकास भइरहेको छ । स्थानीय स्तरमा उठ्ने आधारभुत आवश्यक्तामध्यका धेरै तत्कालिन आवश्यक्ता सम्बोधनको क्रममा पुगेका छन् । २०७४ असार १४ गते स्थानीय तहको निर्वाचन भएको थियो । त्यसपछि साउन महिनादेखि उहाँ नेतृत्वको वडापालिकाले विकास निर्माण लगायतका समग्र काम थालेको थियो । आर्थिक वर्ष २०७४/०७५ देखि चालु आर्थिक वर्ष २०७७/०७८ सम्म सम्म २ नम्बर वडामा सिस्ने गाउँपालिका, प्रदेश तथा पूर्वाधार क्षेत्र विकास कार्यक्रम अन्तर्गत संघीय सरकारबाट १० करोड २५ लाख ५० हजार बजेट प्राप्त भएको छ । जसमध्य ७ करोड ७५ ७५ लाख ५० हजार परिचालन भइसकेको छ भने ३ करोड ४३ लाख परिचालनको क्रममा रहेको छ । छुट्टै सडक शीर्षकमा ५ करोड बजेट पनि विनियोजन भएको छ ।
वडामा पहिलो आर्थिक वर्ष २०७४/०७५ मा ९३ लाख, २०७५/०७६ मा गाउँपालिकाको १ करोड ५२ लाख, प्रदेशको सडक निर्माणमा १ करोड, सिचाईमा १२ लाख ५० हजार र संघको ९० लाख गरी ३ करोड ५४ लाख ५० हजार बजेट प्राप्त भएको थियो । आर्थिक वर्ष २०७६/०७७ मा सिस्ने गाउँपालिकाका १ करोड ५८ लाख, प्रदेशको सडक निर्माणमा ५० लाख, सिचाईमा ८२ लाख ५० हजार, खानेपानीमा १७ लाख र संघको पूर्वाक्षेत्र विकास कार्यक्रमको ७० लाख गरी ३ करोड २८ लाख बजेट वडामा आएको थियो । चालु आर्थिक वर्ष २०७७/०७८ मा सिस्ने गाउँपालिकाको १ करोड ३८ लाख, प्रदेशको झोलुङ्गे पुलनमा १ करोड, सडकमा ३५ लाख, समपुरकमा ५० लाख र प्लाष्टिक पोखरी निर्माणमा १० लाख गरी ३ करोड ४३ लाख बजेट प्राप्त भएको छ । साथै सडक निर्माणका लागि भनेर ५ करोड बजेटको ठेक्का यसै वडामा लागेको छ । कोइलाबास–चुनवाङ–रुकुमकोट–सिस्नेद्धारी सडक निर्माणको ठेक्काका लागि उक्त ५ करोड बजेट प्राप्त भएको हो । यो सडक २ नम्बर वडाकै सुद्रीबाट निर्माण थालिने छ । नयाँ संरचनामा कसरी काम अघि बढाउने भन्न्ने अन्यौलताकै बीचमा काम थालिएको वडाध्यक्ष केसीको भनाई छ ।
संरचना नयाँ भयो, हामी पनि एक हिसावले लामो समयपछि आएका नयाँ नै जनप्रतिनिधि भयौं,’ वडाध्यक्ष केसीले भन्नुभयो, ‘तर आम जनताको साथसहयोगले असजिलो काट्दै सजिलोतर्फ हिडेका हौं ।’ तीन वर्षसम्म काम गर्दा पनि आफैलाई चित्त बुझेको छैन । धेरै काम गरिएको भएपनि गर्नुपर्ने अरु काम बाँकी छन् भन्ने वडाध्यक्ष केसीलाई लागको छ । तर त्यो बेलाका आधारभुत चरणका काम सकेपछि भने थप विकासमा लागेको भनाई उहाँको छ । बाँकी २ वर्षको कार्यक्रमा सुरुवात गरिएका केही काम सक्ने र केही नयाँ काम गर्ने योजना वडा कार्यालयले तय गरेको छ । वडा कार्यालयले शिक्षा, सडक, पर्यटन, सञ्चार, स्वास्थ्य, अरु भौतिक पूर्वाधारमा काम गरेको छ । वडाले हरेक सिजनमा बीउ बीजन वितरण, घरघरमा गएर सामाजिक सुरक्षा भत्ता वितरण, हरेक ६ महिनामा एकीकृत घुम्ती शिविर मार्फत घरघरै सेवा प्रवाह गर्दै आएको छ । हरेक वर्ष जेष्ठ नागरिक सम्मान तथा भेटघाट सहिद परिवार सम्मान तथा भेटघाट पनि वडा कार्यालयले गर्ने नियमित कार्यक्रम हुन् । वडाध्यक्ष केसीले कोरोना भाइरसका कारण भएको लकडाउनमा ४ सय घर परिवारलाई व्यक्तिगतमा रुपमा आयोडिनयुक्त नुन प्रदान गर्नुभएको थियो भने त्यस अघि अपांगता भएका व्यक्तिलाई ह्वुइल चेयर पनि प्रदान गर्नुभएको थियो ।
शिक्षामा सुधारको सुरुवात
वडापालिकाले शिक्षा सुधार थालेको छ । वडा तहबाट सुधार गर्न सकिने काम सुरु भएको छ । शिक्षा सुधार अनुसार नै ४ वटा नयाँ भवन बनेका छन् । आधारभुत विद्यालय किँदा, खरिबाटे, दतकुना र हिमालय मावि नायगाडमा नयाँ विद्यालय भवन बनेका छन् । हिमालय माविमा ८ कोठाको छात्राबास निर्माण भएको छ । नायगाड, खरिबोट र सुद्री विद्यालय भवन मर्मत भएको छ । हिमालय माविको १–५ मा अंग्रेजी माध्यमबाट पठन पाठन सुरु भएको छ । विद्यालयमा दिवा खाजा सुरु गरिएको छ । कक्षा ९ र १० का विद्यार्थीलाई आवासिय कक्षा सुरु गरिउको छ । विज्ञान प्रयोगशाला, पुस्तकालय, सूचना प्रविधि शाखा निर्माण गरिएको छ । हिमालय माविलाई २ र अरु ७ विद्यालयलाई १÷१ कम्प्युटर प्रदान गरिएको छ । ६ वटा विद्यालय सुरक्षाको लागि घेराबार गरिएको छ । लैपामा समुदाय स्तरमै बाल शिक्षा सुरु गरिएको छ । विद्यालय भन्दा टाढाको गाउँमा रहेका बालबालिकालाई शिक्षामा जोड्ने उद्देश्य हो । नियमित पठन पाठन भए नभएको अनुगमन मूल्याकनलाई निरन्तरता दिइएको छ ।
स्वास्थ्यमा सबैको पहुँच पुर्याउने प्रयास
छिपखोलामा सामुदायिक स्वस्थ्य इकाई स्थापना गरिएको छ । नायगाडमा रहेको स्वास्थ्य चौकीमा उपचार गर्न टाढा हुने भएपछि छिपखोलामै आधारभुत स्वास्थ्य सेवा उपलब्ध भएको छ । अलपत्र रहेको स्वास्थ्य चौकी निर्माणले पूर्णता भएको छ भने त्यसको व्यवस्थापन गरी स्वास्थ्य चौकीबाट स्वास्थ्य सेवा प्रवाह भइरहेको छ । घुम्ती शिविर मार्फत ७ सय बढी सर्वसाधारणको स्वास्थ्य चेकजाँच तथा उपचार गरिएको छ । वडा कार्यालयले कोरोना भाइरस आउनु अघि हरेक ६ महिनामा एकीकृत घुम्ती शिविर आयोजना गरेर गाउँ गाउँ पुगेर स्वास्थ्य चेकजाँच तथा औषधोपचार गर्ने गरेको थियो । कोरोना कहर सकिएपछि पनि यसलाई निरन्तरता दिने कार्यक्रम रहेको वडाध्यक्ष केसीले बताउनुभयो ।
सञ्चारको पहुँचमा वडाबासी
जनप्रतिनिधि निर्वाचित भएपछि २ नम्बर वडाको सञ्चारमा ठूलो विकास भएको छ । लामो समयदेखि अलपत्र अवस्थामा रहेको योजना कार्यान्वयनका लागि निरन्तरको ताकेता र बजेट परिचालन गरी वडामा फोनको सहज पहुँच भएको छ । सुद्रीमा नेपाल टेलिकमको टावर निर्माण गरी वडाका अधिकांश वस्तिमा सजिलै फोनको सुविधा प्राप्त भएको छ । छिखोला वस्तिका लागि ४ नम्बर वडाको दादिङ टावर निर्माणको काम भइरहेको छ । यसबाट सम्पूर्ण वडाबासी सजिलै फोनको पहुँचमा पुग्ने वडाध्यक्ष केसीले बताउनुभयो ।
विद्युत विकास र विस्तार
वडापालिकाले नयाँ निर्माण र मर्मत गरेर विद्युत विस्तारलाई तिब्रता दिएको छ । छिपखोलामा ४० किलोवाट क्षेमताको विद्युत आयोजना निर्माणका अन्तिम चरणमा सिस्ने गाउँपालिका, प्रदेश तथा संघीय सरकारको पूर्वाधार क्षेत्र विकास कार्यक्रम मार्फत उक्त विद्युत बनेको हो । अबको केही समयभित्रै छिपखोला सहित ४ नम्बर वडाका ढाँका, दादिङसम्म विद्युत बल्नेछ । टाटे, छुर्वाङ र नेटामा विद्युत लाइन विस्तार भएको छ । छिपखोलाको साना तथा लघु जविद्युत आयोजना मर्मत गरेर विद्युत नियमित बनेको छ भने तुवाङखोलाको विद्युत मर्मत गरेर अन्यत्र ठाउँमा विस्तार समेत गरिएको छ ।
पहिल्यै सडकको तयारी
सिस्ने गाउँपालिकाको सडक सञ्जालमा नजोडिएको एउटा वडामा यो वडा पर्छ । तर वडापालिका सडक सञ्जालमा नजोडिएको भनेर बसेको छैन । वडालाई सडक सञ्जालमा जोड्नु पहिल्यै वडा भित्र सडक निर्माण थालेको छ । सानीभेरी नदीका कारण २ नम्बर वडा सडक सञ्जामा जोडिएको छैन । सानीभेरी नदीमा पुल बनिसक्दा सम्म वडाको पनि सडक बनाइसक्ने योजना वडापालिकाको छ । तीन वर्षयता ९ किलोमिटर सडक निर्माण भएको छ । सानीभेरी नदीबाट डोजर तारेर सडक निर्माण गरिएको थियो । तिपतरा–सल्ली विसाउन र नायगाड–सुर्दी सडक निर्माण भएको छ । चालु आर्थिक वर्षमा सुर्दी,दतकुना, तुवाङ सडक निर्माणका लागि ३० लाख बजेट परेको छ । पिपल,पोखरा, सिस्ने, डोल्पा शीर्षकको काम पनि यही वडाबाट हुने छ । यसका लागि ३५ लाख बजेट छ । सुर्दीबाटै अघि बढ्ने अर्को योजनाका लागि ५ करोडको ठेक्का लागि सकेको छ । सानीभेरी नदीमा पुल निर्माण भइसक्दा सम्म वडाका केही गाउँ सडकमा जोडिसक्ने गरी काम भइरहेको वडाध्यक्ष केसीले बताउनुभयो ।
अरु विकासतर्फ
वडामा जनप्रतिनिधि निर्वाचित भइसकेपछि वडालाई काठेपुल रहित वडा बनाउने निर्णय भएको थियो । त्यो अब अन्तिम चरणमा छ । ३ झोलुङ्ग पुल निर्माण भएका छन् । अरु पुल निर्माणको क्रममा छन् । भुत्ता छहरा–तुवाङ, तुवाङखोला र तिपतरा पुल निर्माण भइसकेको छ । कोटघारीको अन्तिम चरणमा छ । छिपखोला, लामागार र सल्लीबिसाउनको काम भइरहेको छ । सल्लीविसाउनामा बन्ने पुल सानीभेरी नदीमा बन्दै गरेको हो । थप पुल निर्माणको लागि ख्याप र ठानाखोला सिफारिसमा परेका छन् । यी पुल निर्माण पश्चात वडा काठेपुलमुक्त वडा हुने वडाध्यक्ष केसीले बताउनुभयो । यसका साथै वडाका ६ गाउँमा सामुदायिक भवन निर्माण भएका छन् । सुर्दी, दतकुना,नायगाड, खरिबोट र तुवाङमा सामुदायिक भवन बनेका छन् । यस टोल स्तरमा हुने तालिम र कार्यक्रमका लागि सजिलो भएको छ । २ खेलमैदान नायगाडा र छिपखोलाको मर्मत भएको छ भने सुर्दीमा नयाँ खेलमैदान निर्माण भएको छ ।
ड्रिम प्रोजेक्ट
वडाध्यक्ष केसी सहिद पुत्र हुनुहुन्छ । केसीका बुवा लक्षिराम केसी रुकुम पश्चिमको सानीभेरी गाउँपालिका गरायलामा २०५९ मंसिर ९ गते प्रहरीद्धारा मारिनुभएको थियो । स परिवार पूर्णकालिन हुनु भएका लक्षिराम तत्कालिन जिल्ला समितिको सदस्य हुनुहुन्थ्यो । बुवा सहिद बन्दा सानै उमेरमा रहेका वडाध्यक्ष केसी सहित वडापालिकाको ड्रिम प्राजेक्ट हो । सहिद स्मृति पार्क । नेटामा यो पार्क निर्माणाधिन छ । हालसम्म ७७ लाख रुपैयाँ खर्च भइसक्दा यसको आधा भन्दा बढी काम सम्पन्न भएको छ । २ भवन बनेका छन् । सहिदका शालिक राख्ने स्तम्भ निर्माण भएको छ । १४ जना सहिदको स्तम्भ राख्ने गरी तयारी गरिएको छ । बगैचा, प्रतिक्षालय बनाउने काम भइसकेको छ । रेलिङ सहितको सिढी निर्माण र शालिक निर्माणका काम सकिएपछि यो प्रोजेक्ट पूरा हुन्छ । ‘म आफू सहिद पुत्र भएर मात्रै होइन, देश जनताको लागि आहुति दिने सम्पूर्ण सहिनको सम्मान स्वरुप सहिद स्मृति पार्क बनाउने योजना अघि बढाइएको हो,’ वडाध्यक्ष केसीले भन्नुभयो ।
देशका लागि भनेर ज्यान गुमाउनेहरुका सम्झाना र सम्मानका लागि सहिद स्मृति पार्क बनिरहेको र यसले पर्यटन प्रद्र्धनमा समेत टेवा पुग्ने विश्वास लिइएको उहाँको भनाई छ । सानै उमेरमा राजनीतिमा लाग्नु भएका वडाध्यक्ष केसी अखिल क्रान्तिकारीको जिल्ला अध्यक्ष भइसक्नु भएको छ । हाल नेकपा रुकुम पूर्वको सचिवालय सदस्य तथा विद्यार्थी विभागको सह इन्चार्जको जिम्मेवारीमा हुनुहुन्छ । स्थानीय तह, प्रदेश तथा संघीय सरकारसम्म रहनु भएका नेता, सांसद, मन्त्री तथा पूर्व मन्त्रीहरुको कारण विकास निर्माणमा सजिलो भएको बुझाई वडाध्यक्ष केसीको छ । समग्रतामा जनताले भनेको जस्तो महशुस गराउन नसकिएपनि आधारभुत रुपमा स्थानीय तहले काम गरेको बुझाई उहाँको छ । कतिपय ठाउँमा जानेर नजानेर विग्र्रेको, विगारेको हुन सक्न भन्दै उहाँले सकेसम्म राम्रो गर्नका लागि वडापालिका तथा गाउँपालिका लागिरहेको वडाध्यक्ष केसीले बताउनुभयो ।
नमूना वस्ति छिपखोला
वडाको छिखोलालाई नमूना वस्ति विकास गराउने अभियान थालिएको छ । सानो र मिलेको गाउँ हो छिपखोला । विद्युत, सिचाई पर्याप्त भयो भने आधारभुत स्वास्थ्य सेवा पनि प्रवाह भइरहेको छ । नमूना वस्ति विकासका लागि झण्डै २ हजार फलफूलका विरुवा रोपिएको छ । सुन्तला, ओखर लगायतका विरुवा छन् । छिपखोलामै मिनि संग्रालय बनाउने योजना रहेको छ । जनयुद्धको क्रममा कम्युन चलेको र नमूना विद्यालय सञ्चालन गरेको छिपखोलामा त्यसकै मिनि संग्राहलय बनाउनका लागि आधारभुत तहका काम सकिएका छन् ।