कर्णाली प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासकाे मत, एमाले सांसदले जाेगाइदिए सरकार
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएका छन् । नेकपा एमालेका सांसदहरुले फ्लोर क्रस गरेपछि शाहीको सरकार जोगिएको हो । ३९ सदस्यीय प्रदेशसभाको विश्वास पाउन २० प्रदेशसभा सदस्यको मत चाहिन्थ्यो । तर मुख्यमन्त्री शाहीले २२ मत पाए ।
प्रदेशसभामा उनको दल नेकपा माओवादी केन्द्रका १२ जना मात्र सांसद छन् । त्यस्तै ६ सांसद रहेको नेपाली कांग्रेसले पनि मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको थियो । एक सदस्य रहेको राप्रपा भने तटस्थ रहेको थियो । नेकपा एमालेका सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमर थापाले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका हुन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८ १७:२५
प्रतिक्रिया दिनुहोस्