Kakhara सबैको खबर सम्पूर्ण खबर
बालिका अपहरण, बन्धक र जवजस्ती करणिका आरोपी युवा कारागार चलान
रुकुमकोट जिल्ला अदालत ।

नौ दिनसम्म बालिका बन्धक बनाएर जवरजस्ती गरेको आरोपमा पक्राउ परेका युवकलाई कारागार चलान गरिएको छ । रुकुमकोट जिल्ला अदालतका निमित्त श्रेष्तेदार अमृताकुमारी रिजालको चैत ३० गतेको इजलाशले २३ बर्षीय ति युवालाई पुर्पक्षका लागि कारागार पठाउन आदेश गरेको हो ।

थुनछेक आदेश लगत्तै ति युवालाई रुकुम पश्चिम स्थित कारागार पठाइएको अदालतका तहशिलदार रवि खड्काले जानकारी दिनुभयो । रुकुम पूर्वका ति युवासँगै पक्राउ परेका बालकलाई भने अभिभावकको जिम्मा लगाइएको छ । १४ बर्ष भन्दा मुनिकै रहेकाले उनलाई अभिभावकको जिम्मा लगाउने आदेश भएको हो । 

गत चैत १ गते १४ र १५ बर्षकी दुई बालिकालाई रुकुम पूर्वको अस्थायी सदरमुकाम रुकुमकोट बोलाएर जिल्ला अस्पतालको एउटा कोठामा बन्धक बनाएर जवरजस्ती करणि गरेको भन्दै प्रहरीले ति युवा र बालकलाई पक्राउ गरेको थियो । युवाकै कोठामा बाहिरबाट ताला लगाएको अवस्थामा ति दुई बालिकालाई प्रहरीले चैत ९ गते फेला पारेको थियो ।

दुवै बालिकाकी आमाले छोरीहरु हराएको भनेर प्रहरीमा निवेदन दिएपछि प्रहरी खोजतलासमा लागेको थियो । पछि तिनै युवाको कोठामा बालिकाहरु भेटिएपछि प्रहरीले उनका विरुद्ध अपहरण, शरीर बन्धक तथा जवजस्तरी करणिको मुद्दा दर्ता गरेको थियो । 

प्रकाशित मिति: शनिबार, वैशाख ४, २०७८  ०७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update