Kakhara सबैको खबर सम्पूर्ण खबर
वीरेन्द्र माविले लगातार दाेस्राे पटक जित्याे गाउँपालिकाकाे राष्ट्रपति रनिङ शिल्ड
पुरस्कार वितरण कार्यक्रम ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड वडा नम्बर ४ मा रहेको वीरेन्द्र माध्यमिक विद्यालय बाँफिकोटले जितेको छ । पालिका भित्रका १० वटा विद्यालयलाई पछि पार्दै वीरेन्द्र माविले शिल्ड उचालेको हो । उसले ७ स्वर्ण, ४ रजत र ४ कांस्य गरी जम्मा १५ पदक सहित शिल्ड हात पारेको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख वीरेन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।

यो सँगै वीरेन्द्र माविले लगातार दोस्रो पटक शिल्ड जितेको छ । ६ स्वर्ण, ४ रजत र १० कांस्य गरी २१ पदक प्राप्त गरेर वडा नम्बर ६ को सिद्धार्थ मावि दोस्रो भएको छ । त्यस्तै ३ स्वर्ण, १ रजत र १ कांस्य गरी ५ पदक जितेर ७ नम्बर वडाको नेपाल राष्ट्रिय माविले तेस्राे स्थान प्राप्त गरेको छ ।

पौष २३ गते देखी सञ्चालन भएको शिल्डमा भलिबल, सट फुट, ज्याभलिङ थ्रो, छोटो तथा लामो दुरी एक सय मिटर देखि ३ हजार मिटर सम्मको दौड, लङ्ग जम्प, त्रिपल जम्प, रिले दौड र हाई जम्प लगायतका स्पर्धामा विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए ।

वीरेन्द्र माविले गत वर्ष पनि शिल्ड जितेको थियो । अब आउँदो वर्ष शिल्ड जित्यो भने वीरेन्द्र माविले शिल्ड कब्जा गर्ने छ । वीरेन्द्र माविको खेल मैदानमा भएको शिल्डको बिहीबार एक कार्यक्रमका बिच समापन गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update