रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । १४ औँ राष्ट्रपति रनिङ शिल्डका लागि नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड जारी छ । हिजोबाट सुरु भएको शिल्ड २९ गतेसम्म सञ्चालन हुने छ ।
हालसम्म फिल्ड तर्फ सट फुटमा तिलक विष्ट, धिरेन्द्र विक र छात्रा तर्फ सङ्गीता बुढामगर, त्रिपल जम्पमा केशव बटाला, तारा शाह, लङ्ग जम्प तर्फ, मदन परियार, तारा शाह, हाई जम्पमा प्रचण्ड शेर्पाली, धनकुमारी नेपाली, देवी परियार र ज्याभलिङ थ्रो तर्फ सुमन केसी, केशव बटाला र सरिता विक छनौट भएका छन् ।
त्यस्तै दौड १०० मिटर, २००, ४००, ८००, १५०० र ३ हजार तर्फ क्रमशः गम्म परियार, सर्ता विक, धनबहादुर केसी, सुनकुमार विक, किस्मत नेपाली, विमला ओली, जमुना बुढा, किस्मत नेपाली, गङ्गा बुढा, सुरेश विक, जमुना बुढा र दिनेश पुन छनौट भएको आठबिसकोट खेलकुद विकास समितिका अध्यक्ष सन्देश विकले जानकारी दिनुभयो ।
उहाँका अनुसार भलिबल र कबड्डी खेलको छनौट आज र भोली हुने छ । शिल्डको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । गत कार्तिक १७ मा गएको भूकम्पका कारण औपचारिक कार्यक्रम भने नगरिएको अध्यक्ष विकले बताउनुभयो । विभिन्न पाँच विधा र एक फिल्ड तर्फमा मावि विद्यालयमा अध्ययनरत छात्र–छात्राहरूले भाग लिएका छन् ।