Kakhara सबैको खबर सम्पूर्ण खबर
कसले राम्रो फलायो (फोटो फिचर)

मुसिकोटमा आज किसानले उत्पादन गरेका कृषि उपजका बिचमा प्रतिस्पर्धा भएको छ । नगरका १४ वटै वडाका किसानका बिचमा प्रतिस्पर्धा भएको हो । कृषि विकास कार्यालय रुकुम पश्चिमले आयोजना गरेको मुसिकोट नगरपालिका स्तरीय कृषि प्रदर्शनी मेलामा नगर भरका किसानले उत्पादन गरेको कृषि उपजहरू राखिएको थियो ।

DSC061241705142234.jpg

किसानले ल्याएका कृषि उपजलाई छुट्टा छुट्टै मूल्याङ्कन गरेर पुरस्कृत गरिएको छ । विभिन्न ६ वटा विधामा किसानलाई पुरस्कृत गरिएको बताइएको छ । कृषकको हौसला बढाउन मेलाको आयोजना गरिएको कृषि विकास कार्यालयका निमित्त प्रमुख मीनबहादुर केसीले जानकारी दिनुभयो ।

तरकारी बाली समूह तर्फ वडा नम्बर १३ का तुलवीर खत्री प्रथम, वडा नम्बर ४ का अमरबहादुर घर्ती द्धितिय, वडा नम्बर ३ का नारायण खड्का तृतीय र वडा नम्बर ५ की कौशिला पाण्डे केसी सान्त्वना हुनुभएको छ ।

DSC061251705142392.jpg

निमित्त प्रमुख केसीका अनुसार फलफूल बाली समूह तर्फ मुसिकोट २ को फेडरल इन्भेस्टमेन्ट प्रा.लि. प्रथम, वडा नम्बर ५ का देवराम देवकोटा द्धितिय, मुसिकोट ८ का लोकेन्द्र ओली तृतीय र मुसिकोट ४ का दलबहादुर बोहरा सान्त्वना हुनुभएको छ ।

DSC061271705142429.jpg

दलहन, तेलहन बाली समूह तर्फ वडा नम्बर १३ का दीपक रोकाय प्रथम, वडा नम्बर १ की सुमित्रा महतारा द्धितिय, वडा नम्बर ८ का दिलबहादुर गिरी तृतीय र मुसिकोट २ का मोहनलाल खत्री सान्त्वना, विविध तथा रैथाने बाली समूह तर्फ वडा नम्बर १ का रकवीर बोहरा प्रथम, वडा नम्बर १ कै कमला खड्का द्धितिय, वडा नम्बर ७ का वीरबहादुर घर्ती तृतीय र वडा नम्बर ३ की नन्दकला डाँगी सान्त्वना भएको बताइएको छ 

DSC061291705142450.jpg

त्यस्तै खाद्यान्न बाली समूह तर्फ वडा नम्बर ३ का सोविराम खत्री प्रथम, वडा नम्बर ७ का भिमप्रकाश पाण्डे द्धितिय, वडा नम्बर १३ का ज्ञानबहादुर ओली तृतीय र वडा नम्बर १ का कालीबहादुर महतारा सान्त्वना हुँदा मसला तथा नगदे बाली समूह तर्फ वडा नम्बर १४ की भिमा ओली प्रथम, वडा नम्बर ८ का वासुदेव बुढा द्धितिय, वडा नम्बर ४ का खड्कबहादुर रेउले तृतीय र वडा नम्बर ५ का ओमप्रकाश केसी सान्त्वना भएको कृषि विकास कार्यालयले जानकारी दिएको छ ।

DSC061301705142474.jpg

सबै विधामा समान रूपमा प्रथमलाई दुई हजार, द्धितियलाई एक हजार पाँच सय, तृतीयलाई एक हजार र सान्त्वनालाई सात सय रुपैयाँ पुरस्कार प्रदान गरिएको निमित्त कार्यालय प्रमुख केसीले बताउनुभयो । 

DSC061321705142500.jpg

DSC061351705142529.jpg

DSC061391705142560.jpg

DSC061411705142614.jpg

DSC061441705142645.jpg

DSC061491705142678.jpg

DSC061481705142769.jpg

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update