Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटमा माघीको चहलपहल (फोटो फिचर) 

यति बेला माघीको रौनकले छोएको छ । कसैलाई बजारमा तरुल किन्न भ्याई नभ्याई छ । भने कोहीलाई जङ्गलमा तरुल खोज्न भ्याइ नभ्याई छ । गाउँघर तिर माघीको अवसरमा आयोजित विभिन्न कार्यक्रमले रमाइलो वातावरण सिर्जना गरेको छ । यति बेला रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गा, बागबजार, पातुखोला लगायतका बजार क्षेत्रमा तरुल लगायत माघीका लागि फलफूल किन्नेको भिड छ । भने व्यापारीलाई विक्री गर्न भ्याई नभ्याई छ ।

IMG-20240114-WA00231705236021.png

अघि पछिका दिनहरू भन्दा आज तरुलको व्यापार राम्रो भएको मुसिकोट नगरपालिका १ मठमा तरकारी पसल गर्दै आइनुभएका सुनिता खड्काले बताउनुभयो । ग्राहकको समस्या नरहेको उहाँले बताउनुभयो । घर तरुल प्रति केजी एक सय ५० र गन्जी प्रति केजी ७५ देखि ८० सम्म रुपैयाँ सम्ममा बिक्री गर्ने गरेको खड्काले बताउनुभयो । माघीमा पहिले देखिनै तरुल, फर्सी, गेडागुडी, चाकु लगायत खाने चलन रहेको छ ।

IMG-20240114-WA00061705236041.png

माघीका लागि तरुल लगायतको व्यवस्था गरिसकेको मुसिकोट १ खलङ्गामा बस्दै आउनुभएका ५३ वर्षीय रेसम रावतले बताउनुभयो । ‘पुसको पाक्य माघमा खाक्य भन्ने चलन छ । पुस महिनामा पकाएर माघ महिनामा खाने भएकाले पनि यसो भनिएको होला, यस्ता खालका परम्परा हामी सबैले जोगाई राख्नुपर्छ ।’ रावतले भन्नुभयो ।

IMG-20240114-WA00091705236063.png

विगतको स्मरण गर्दै रावतले पहिले सानो उमेरमा गाउँ गाउँमा पाइयो खेलेर गाउँबाट विभिन्न परिकारहरू ल्याएर खाने गरेको बताउनुभयो । अहिले यो चलनमा कमी आएको महसुस उहाँलाई भएको छ । 

IMG-20240114-WA00121705236087.png

IMG-20240114-WA00141705236108.png

IMG-20240114-WA00181705236129.png

IMG-20240114-WA00221705236155.jpg

शब्द/फाेटाे: बलेन्द्र ओली ।

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update