Kakhara सबैको खबर सम्पूर्ण खबर
अवस्था जटिल बन्दै गएपछि रुकुम पश्चिमका कोरोना संक्रमितलाई सुर्खेत पठाईयो 

अवस्था जटिल बन्दै गएपछि रुकुम पश्चिमका एक कोरोना संक्रमितलाई थप उपचारका लागि सुर्खेत पठाईएको छ । जिल्लाको मुसीकोट नगरपालिका १ छिङका ५३ वर्षिय पुरुषलाई थप उपचारका लागि आज सुर्खेत पठाईएको हो । एन्टिजेन परीक्षण गर्दा उनमा बैशाख २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्ला अस्पतालमा उपचार गराईरहेका उनमा एन्टिजेन पोजेटिभ देखिएपछि अस्पतालमा रहेको आईसोलेसनमा राखिएको थियो । 

तर उनको अवस्था सुधार नभएपछि उनलाई सुर्खेत पठाईएको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्शन इश्वर रावलले जानकारी दिनुभयो । उनको अवस्था थप जटिल बन्दै गएपछि रेफर गरिएको उहाँको भनाई छ । उनमा अक्सिजनको मात्रा स्थिर नहुनका साथै ज्वरो नियन्त्रणमा आउन सकेको थिएन् । उनि ७, ८ महिना अगाडि भारतबाट आएको बुझिएपनि हाल भने घरमै रहेको पाईएको फोकल पर्शन रावलले बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, वैशाख ४, २०७८  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update