Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटको दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण 
शिल्ड सहित त्रिजमाविका प्रध्यानाध्यापक गाेपीराम केसी ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा नगर प्रमुख अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण गरिएको छ । पुष २५ गतेबाट सुरु भएको शिल्ड तथा अतिरिक्त क्रियाकलापको पुरस्कार आज सदरमुकाम खलङ्गाको बाल मन्दिरमा एक कार्यक्रम आयोजना गरी वितरण गरिएको हो  

शिल्ड विजेता, उपविजेता, तृतीय तथा शिल्ड र अतिरिक्त क्रियाकलापमा व्यक्तिगत तथा समूहगत स्पर्धामा स्थान हासिल गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र, मेडल, ट्रफि तथा नगद सहित पुरस्कृत गरिएको हो । २३ स्वर्ण पदक सहित त्रिभुवन जनता माविले शिल्ड उचालेको थियो । उसले २३ स्वर्ण, पाँच रजत र आठ कांस्य गरी कुल ३६ पदक जितेको थियो । 

सात स्वर्ण, सात रजत र पाँच कांस्य सहित कुल १९ पदकका साथ महेन्द्र मावि चौतारा दोस्रो र ६ स्वर्ण, पाँच रजत र १० कांस्य गरी कुल २१ पदक जितेको जनकल्याण मावि काँसपोखरी तेस्रो बनेको थियो । शिल्ड तर्फ छात्र भलिबलमा महेन्द्र मावि चौतारा र छात्रा भलिबलमा यमुना नन्द नमुना मावि सेरिगाउँ प्रथम भएका थिए । 

20240119161639_IMG_35641705665230.jpg

अतिरिक्त क्रियाकलाप अन्तर्गत फुटबलमा विजयश्वरी बोर्डिङ स्कुल प्रथम हुँदा पशुपति मावि रातामाटा द्धितिय र त्रिजमावि खलङ्गा तृतीय भएको राष्ट्रपति रनिङ शिल्ड तथा नगर प्रमुख अतिरिक्त क्रियाकलाप आयोजक समितिले जनाएको छ । 

आयोजक समितिका संयोजक भक्तबहादुर खड्काको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, रेफ्रि टोली लगायतको पनि आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन आयोजक समितिका सदस्य खम्बुसिंह श्रेष्ठले गर्नुभएको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update