Kakhara सबैको खबर सम्पूर्ण खबर
सडक खन्ने क्रममा पुरिएर एक जनाको मृत्यु 

रूकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा सडक खन्दा पुरिएर एक जनाको मृत्यु भएको छ । वडा नं. ७ झाँक्रिपानीमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत सडक खन्ने क्रममा माथीबाट ढुङ्गा र माटोको ढिस्को खस्दा सडक खनिरहेका स्थानीय ४८ वर्षिय रणे ओलीको मृत्यृ भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरिक्षक कपिल शाहीले जानकारी दिनुभयो ।

घटनास्थलमा ९ जनाले सडक खनिरहेको थिए । त्यसमध्ये ८ जना भागेर ज्यान बचाउन सफल भएका थिए । पुरिएका ओलीको भने घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि राेजगार कार्यक्रम अन्तरगत कै सडक खन्ने क्रममा खसेकाे ढुंगा लागेर गाउँपालिकाकाे वडा नं. ५ मा स्थानीय एक बाख्रा गाेठालाकाे मृत्यु भएकाे थियाे । 
 

प्रकाशित मिति: शनिबार, वैशाख ४, २०७८  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update