Kakhara सबैको खबर सम्पूर्ण खबर
साँखमा एक लाख ११ हजार पुरस्कारको भलिबल हुँदै 
प्रतियाेगिता हुने स्थान र अभ्यासमा रहेका खेलाडी ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ७ को साँखमा साबिक मध्य पश्चिमाञ्चल विकास क्षेत्रका वडा स्तरीय पुरुष भलिबल हुने भएको छ । परम्परागत पापिनी मेलाको अवसरमा साबिकको मध्य पश्चिमाञ्चलका १५ जिल्लाका वडाले भाग लिन पाउने गरी प्रतियोगिता आयोजना गरिएको हो । वडाको प्रमुख सहकार्यमा हाम्रो सरोकार रुकुमले आयोजना गरेको प्रतियोगिता माघ ११ गते देखि सञ्चालन हुने छ ।

प्रतियोगिताको विजेताले नगद एक लाख ११ हजार पुरस्कार पाउने आयोजक समितिका प्रकाश विकले जानकारी दिनुभयो । उहाँका अनुसार उप विजेताले ७५ हजार र तृतीय हुनेले नगद ४१ हजारका साथमा ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । त्यस्तै सान्त्वना हुने टिमले नगद ३१ हजार, मेडल र प्रमाणपत्र पाउने विकले बताउनुभयो ।

प्रतियोगितामा व्यक्तिगत इभेन्टमा पनि पुरस्कृत गरिने बताइएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी र प्रशिक्षकले तीन तीन हजार तथा वेस्ट स्पाइकर, वेस्ट सेटर, वेस्ट डिफेन्डर, वेस्ट क्विकर र उदयमान खेलाडीलाई नगद दुई÷दुई हजारले पुरस्कृत गरिने विकले बताउनुभयो । प्रतियोगितामा सहभागिताका लागि पौष १० गते साँझसम्म टिम दर्ता गराउने सकिने उहाँले बताउनुभयो । दर्ता शुल्क ११ हजार कायम गरिएको छ ।

पापिनी मेलाका अवसरमा भलिबल सहित घैँटो फोर, रसा कसी प्रतियोगिता आयोजना गरिनुका साथै स्थानीय मयुर नाच, सिँगारु नाच र पैंसेरु लगायतका नाचलाई पनि प्रतिस्पर्धा गराइने आयोजकले हाम्रो सरकारले जनाएको छ ।  

416045986_122121519740097393_8721953485609605723_n (1)1705999654.jpg

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update