Kakhara सबैको खबर सम्पूर्ण खबर
फ्लोर क्रस गरेको चौका दाउ 

विजय चन्द दर्पन र चौका दाउ एक सिक्काका दुई पाटा जस्तै भइसके । चौका दाउ गीत सार्वजनिक भएदेखि चौका दाउ र विजय चन्द दर्पनलाई हेर्ने र पछ्याउनेहरु बढ्दै गएका छन् । चौका दाउ चन्दको पहिलो कृति होइन । यस अघि पनि आधा दर्जण बढी गीत बजार ल्याइसकेका चन्द यही चौका दाउबाट सबैमाझ परिचित भए । चौका दाउ चन्दको पछिल्लो कृति हो । माछी पानीमा, नक्कली साली, सुतली, बुकी, पलाश, सुर्तै मायाको र कर्कलो पछि चन्द चौका दाउ ल्याएर बजार आए । चौका दाउले नै चन्दलाई भाउ लाएको छ । भाउ लाएको चन्द आफैले भनेनन् । चौका दाउले तात्तिएको बजार यसै भन्छ । पछिल्लो समय टिकटकमा सबभन्दा बढी यसकै टुक्का चर्चामा रहे । यूट्युबमा पनि सर्वाधिक खोजिने मध्यमा चौका दाउ पर्यो । 

कसरी बन्यो चौका दाउ...
चन्द हाल अमेरिका छन् । सानैदेखि गायन र नृत्यमा पारंगत चन्द साहित्य सृजनामा पनि रुची राख्थे । सानोमा उनी नभइ देउसी भैलो उठ्दैन थियो । उनी ननाची थलो शशिलो हुँदैन्थ्यो । बढ्दै जाँदा कविता र गजल लेख्ने बानी लागेका चन्द प्रत्यक्ष दोहोरीमा पनि गनिएकै हुन् । पछिल्लो ५ बर्षदेखि उनी गाउँघरसँग प्रत्यक्ष जोडिन पाएका छैनन् । प्रदेशमा भएपनि उनको सम्झनामा घरदेश छ । प्रत्यक्ष जोडिन नपाएपनि उनी साहित्य सृजनाहरुबाट जोडिएकै छन् । गाउँघर, सेरोफेरो र परिवेशलाई आधार मानेर गीत लेख्ने चन्दको चौका दाउ पनि गाउँ घरकै परिवेशसँग आधारित भएर लेखिएको गीत हो । ‘मेरो एउटा विशेषता सत्य र यथार्थपरक कुरालाई आधार मानेर साहित्य सृजना गर्नु हो,’ चन्दले भने, ‘चौका दाउ पनि भएकै घटनामा आधारित गीत हो ।’ आफैसित मेल खाने कहानी लेख्नु उनको विशेषता हो । भलै त्यो कहाँनी सबैकोमा मिल्न जान्छ । चाैका दाउ पनि दैनिक जीवनमा हुने घटना, परिघटना, परिवेशलाई समेटेको गीत भएको चन्दले बताए ।

चाैका दाउ दुई दिन लाएर गीत लेखेको हो । जीवन्त कुरा गीतमा उतारिएको हो । याे गीत रुकुमेलीको जितको रुपमा रहेको उनको बुझाई छ । सुरु सुरुमा सहर पस्दा रुकुम भन्ने वित्तिकै असजिलो महशुस गर्नुपर्दथ्यो अहिले रुकुमको चौका दाउ मार्फत समग्र रुकुमेलीको पहिचान स्थापित भएको बुझाई उनको छ । आफ्नै सृजनाप्रति आश भएपनि यो गीत भेगिए हुन्छ कि भन्ने आशंका उनमा थियो । तर उनको आशंका मेटिइसक्यो । यो सामग्री तयार पार्दा सम्म युट्युवमा चौका दाउ १ करोड ३३ लाख ७७ हजार भ्यूज गइसकेको छ । यो गीत भेगिए नभइ सबैको हुन गयो । चौका दाउ फ्लोर क्रस गरेर धेरै अघि बढिसकेको छ । यसले चन्दको आशंका मेटि सक्यो नै । कतिपय गीत भ्यूजमा जान्छन् तर लोकप्रियता कमाउदैनन् । लोकिप्रय हुनु र भ्यूज धेरै जानु फरक भएको बुझाई चन्दको छ । चौका दाउको भ्यूज पनि गयो र लोकप्रिय पनि भएको छ । 

कर्कलो गीतको प्रस्तुतीपछि चन्द अलि पछि हट्ने योजनामा थिए । ‘म गीत, संगीतप्रेमी मात्रै हुन्छु कि थप केही गर्न सकिन्छ भन्ने अन्यौलता बढ्दै गएका बेला चौका दाउले अर्को चुनौती र अवसर थपिएको छ,’ चन्दले भने, ‘चौका दाउबाट म हौसिएको त छु नै झनै राम्रो गर्नका लागि अवसरहरु पनि देखेको छु ।’ हिजोसम्म रहरले गीत कोर्ने चन्दले अब बाध्यता आइलागेको महशुस गरेका छन् । उनले चौका दाउलाई आफ्नो माया, समर्पण र त्यागको उपहार ठानेका छन् । माया, सम्झना, पीडाले गीत जन्माइदिने बुझाई चन्दको छ । तिनै शब्द उनेर गीत बनाउदै आएको उनले बताए । उनले आफ्नो रगत र नसा नसामा गीत, संगीत दौडिरहेको महशुस गर्ने गरेको बताए । चौका दाउ पछि उनले अरुका लागि केही काम गरेका छन् । शब्द लेख्दिने लगायतका काम चन्दले गरेका छन् । केही समयमा फेरि अर्को कोशेली सहित आफै बजार आउने योजना चन्दको छ । 
 

प्रकाशित मिति: शनिबार, वैशाख ४, २०७८  १९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update