Kakhara सबैको खबर सम्पूर्ण खबर
मिर्गौला पीडित कामीको उपचारका लागि सहयोगको याचना 
उपचाररत् मिर्गाैला पीडित गाइने कामी ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर २ का मिर्गौला पीडित गाइने कामीको उपचारका लागि सहयोगको याचना गरिएको छ । ८ महिना देखि मिर्गौला रोगबाट पीडित रहेको र हालसम्मको उपचारमा भएको सबै सम्पत्ति सकिएको भन्दै परिवारले सहयोगको याचना गरेका हुन् । 

आर्थिक अवस्था कमजोर रहेको र अलि अलि भएको पनि हालसम्मको उपचारमा सकिएपछि सकेको सहयोग गरेर ज्यान बचाइदिन परिवारले सबैमा आग्रह गरेका छन् । कामीको काठमाडौँमा उपचार चलिहरेको छ । 

परिवारका अनुसार उहाँको उपचारका लागि धेरै रकम आवश्यक रहेको छ । चौरजहारी २ ले पनि मिर्गौला पीडित कामीको उपचारमा सहयोगका लागि सिफारिस गरेको छ । 

इच्छुकले नेपाल राष्ट्रिय वाणिज्य बैङ्कमा रहेको मिर्गौला पीडित कामीको खाता नम्बर ४३३०१००००२८८१०१० मा सहयोग रकम जम्मा गर्न वा मोबाइल नम्बर ९८११४१०५५२ सम्पर्क गर्न सक्ने परिवारजनले बताएका छन् । तलको क्विआर कोड स्क्यान गरेर पनि सहयोग गर्न सकिने छ ।

 404992355_1153509352480686_5930818985346521919_n1706078258.jpg

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update