Kakhara सबैको खबर सम्पूर्ण खबर
छिङमा आयोजित विविध खेलकुद प्रतियोगिता सम्पन्न
प्रतियोगिता उद्घाटनका क्रममा मुसीकोट नगरप्रमुख देविलाल गौतम ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ छिङमा आयोजित विविध खेलकुद प्रतियोगिता सम्पन्न भएका छन । नयाँ बर्षको अवसरमा सुनौलो सहिद युवा क्लवले  आयोजना गरेको खेलकुद प्रतियोगिता सम्पन्न भएका हुन् । रुकुम पूर्व र पश्चिमका १७ समुहले प्रतिस्पर्धा गरेको खुला वडा स्तरीय भलिबल प्रतियोगिता बाँफिकोट गाउँपालिका वडा २ प्रथम हुँदै नगद ३० हजार रूपैयाँको साथमा कप  र प्रमाण पत्र प्राप्त गरेको छ ।  

त्यस्तै बाँफिकोट गाउँपालिका वडा नंम्बर ९ दोस्रो हुँदै  नगद  १५ हजार रुपैयाँको साथमा प्रमाण पत्र हात पार्दा सुनौलो सहिद युवा क्लव मुसिकोट १ छिङ तेस्रो हुँदै नगद १० हजार सहित प्रमाण पत्रमा चित्त बुझाएको छ । त्यस्तै ९ समूहको सहभागिता रहेको महिला भलिबल प्रतियोगितामा सिस्ने गाउँपालिका ८ पहिलो भएको छ ।

त्यस्तै बाँफिकोट २ दोस्रो र आयोजक ए तेस्रो भएको छ । प्रथम हुने नगद  १० हजारको साथ कप र प्रमाण पत्र पाउँदा दोस्रो हुने ५ हजार र तेस्रो हुने समुहले  ३ हजारको साथमा प्रमाण पत्र पाएका छन । त्यस्तै मावि स्तरीय बक्तृत्वकला प्रतियोगितामा बिजयस्वारी बोडिङ स्कुल छात्र देबेन्द्र खड्का प्रथम, यमुना नन्द नमूना माविका छात्र प्रेम केसी दोस्रो र  रुक्मीणी माविका  छात्र अनिल मल्ल तेस्रो भएका छन । 

प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८  ०७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update