Kakhara सबैको खबर सम्पूर्ण खबर
जिल्ला स्तरीय राष्ट्रपती रनिङ शिल्डको तयारी पुरा, दुई विद्यार्थीलाई सहभागी नबनाईने
समितिकाे बैठक ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ३ बेल्टापु खेलमैदानमा आयोजना गरिएको १४ औँ जिल्ला स्तरीय राष्ट्रपती रनिङ शिल्डको तयारी पुरा भएको छ । भोली देखि सुरु हने १४ औँ शिल्डकाे तयारी पुरा भएको हो । खेलमैदान तथा मञ्च व्यवस्थापन लगायत अन्य प्राविधिक व्यवस्थापनको तयारी पुरा भएको राष्ट्रपती रनिङ शिल्ड निर्देशन सञ्चालन समितिका संयोजक गोविन्दप्रकाश ओलीले जानकारी दिनुभो ।

यसैविच आज जिल्ला खेलकुद विकास समितिको कार्यालयमा बसेको राष्ट्रपती रनिङ शिल्ड निर्देशन सञ्चालन समितिको बैठकले दोहोरो सिफारिस भएका दुई विद्यार्थीलाई प्रतियोगितामा सहभागी नबनाउने निर्णय गरेको छ । त्रिवेणी गाउँपालिका र चौरजहारी नगरपालिकाबाट दोहोरो सिफारिस भएका छायाँ विक र कमल विकलाई प्रतियोगितामा सहभागी नबनाउने निर्णय गरेको उहाँले जानकारी दिनुभो ।

जिल्ला खेलकुद विकास समितिले खेलाडीको नाम सिफारिस  गर्न स्थायीय तहलाई परिपत्र गरेको थियो । सोही परिपत्र अनुसार त्रिवेणी गाउँपालिका र चौरजहारी नगरपालिकाले प्रतियोगिताको लागि सिफारिस गरेका खेलाडीको नाम दोहोरो भएकाले शिल्डमा उनीहरुलाई सहभागी नबनाउने निर्णय भएको संयोजक ओलीले जानकारी दिनुभयो ।

आगामी दिनमा दाहोरो सिफारिस नगर्न जिल्लाका सवै स्थायीय तहरुलाई परिपत्र गर्ने समेत निर्णय भएको छ । प्रतियोगिताका लागि दोहोरो सिफारिस भएका छायाँ र कमल चौरजहारी नगरपालिकाका हुन् । भोली देखि सुरु हुने शिल्ड १८ गतेसम्म सञ्चालन हुने राष्ट्रपती रनिङ शिल्ड निर्देशन समितिले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update