रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ७ साँख गाउँमा पापिनी मेलाको अवसरमा आयोजित साबिक मध्य पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत शुद्ध वडा स्तरीय पुरुष भलिबलको उपाधि रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ७ ले हात पारेको छ । फाइनल खेलमा बाँफिकोट गाउँपालिका वडा नम्बर ४ लाई हराउँदै सानीभेरी ७ ले उपाधि हात पारेको हो । उसले एक लाख ११ हजार नगद सहित मेडल र प्रमाणपत्र हात पारेको छ ।
उपविजेता बनेको बाँफिकोट गाउँपालिका ४ ले ७५ हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्दा तेस्रो स्थान प्राप्त गर्ने बाँफिकोट गाउँपालिका वडा नम्बर ३ ले नगद ४१ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक हाम्रो सरकार साँखले जनाएको छ । त्यस्तै सान्त्वना स्थान हासिल गर्ने आयोजकले ३१ हजार नगद सहित मेडल प्रमाणपत्र प्राप्त गरेको आयोजक हाम्रो सरोकारका महासचिवमा प्रकाश विकले जानकारी दिनुभयो ।
माघ ११ गते देखि सञ्चालन भएको भलिबल प्रतियोगिता बुधवार सकिएको हो । भलिबलमा २२ समूहले सहभागिता जनाएका थिए । व्यक्तिगत विभिन्न विधामा पनि खेलाडीलाई पुरस्कृत गरिएको आयोजक जनाएको छ । मेला माघ १६ गते लागेको थियो । त्यसअघि १५ गते राती पापिनी विवाह सम्पन्न भएको थियो । यो मेला हरेक वर्ष लाग्दै आएको छ ।