Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणी गाउँपालिकाद्वारा ६ महिनामा ३३ लाख राजस्व सङ्कलन 

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाकाले चालु आर्थिक वर्षको हालसम्म ३३ लाख बढी राजस्व सङ्कलन गरेको छ । साउन देखि हालसम्म गाउँपालिकाले ३३ लाख १३ हजार ६ सय ६८ रुपैयाँ राजस्व सङ्कलन गरेको हो । ६ महिनाको अवधिमा गाउँपालिकाले विभिन्न शीर्षकमा ३३ लाख १३ हजार सय सय ६८ राजस्व सङ्कलन गरेको जनाएको छ । यो लक्षको ३३.१३ प्रतिशत हो । गाउँपालिकाले चालु आर्थिक वर्षमा एक करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ ।

वडा कार्यालय सहित विभिन्न १८ शाखाबाट राजस्व सङ्कलन भएको त्रिवेणी गाउँपालिकाका सूचना अधिकारी सुरेन्द्र खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार ६ महिनाको अवधिमा सबैभन्दा बढी पाँच लाख ९८ हजार ९ सय ३३ रुपैयाँ र सबैभन्दा कम शिक्षा शाखाबाट १२ हजार दुई सय राजस्व सङ्कलन भएको छ । १० वटा वडा रहेको त्रिवेणी गाउँपालिकामा सबैभन्दा बढी १ नम्बर वडा कार्यालयले तीन लाख ५० हजार दुई सय आठ रुपैयाँ राजस्व उठाउन सफल भएको छ । सबैभन्दा कम ८ नम्बर वडा कार्यालयले ९५ हजार दुई सय ६८ राजस्व सङ्कलन गरेको छ । 

त्यस्तै कर सङ्कलन केन्द्र खौलाबाट ३ लाख ११ हजार पाँच सय, वडा नम्बर दुईबाट तीन लाख दुई हजार आठ सय ३८, ३ नम्बर वडा कार्यालयबाट एक लाख ५४ हजार एक सय सात, ४ नम्बर वडा कार्यालयबाट दुई लाख ७५ हजार सात सय ४०, पाँच नम्बर वडा कार्यालयबाट दुई लाख १८ हजार सात सय ४४, ६ नम्बर वडा कार्यालयबाट एक लाख ५९ हजार तीन सय ६१ रुपैयाँ राजस्व सङ्कलन भएको वडा कार्यालयले जनाएको छ । 

सात नम्बर वडा कार्यालयबाट एक लाख २० हजार आठ सय ४७, ९ नम्बर वडा कार्यालयबाट दुई लाख १७ हजार एक सय २२, १० नम्बर वडा कार्यालयबाट दुई लाख ५३ हजार ६ सय ५२, गाउँपालिका अस्पतालबाट ९५ हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी खत्रीले जानकारी दिनुभयो । त्यस्तै युद्ध सङ्ग्रहालयबाट ४२ हजार पाँच सय, कृषि विकास शाखाबाट ४२ हजार ४४, पशु सेवा शाखाबाट ३२ हजार ६ सय ११ र स्वास्थ्य चौकी सिम्रुतुबाट २१ हजार राजस्व सङ्कलन भएको उहाँको भनाई छ ।

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update