डिग्रे शाईकुमारी मन्दिरमा नयाँ समिति
रुकुम पश्चिमको प्रसिद्ध धार्मिक स्थल डिग्रे शाईकुमारी मन्दिर व्यवस्थापन, पर्यटन तथा वातावरण समिति गठन गरिएको छ । एक भेलाबाट शैलेन्द्र केसीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको हो । समितिको उपाध्यक्षमा डिला थापा केसी, सचिवमा दिलबहादुर केसी, सह सचिवमा गौतम रोकाय र कोषाध्यक्षमा आशा केसी रहनुभएको छ ।
सदस्यमा हिरा केसी, भूपाल केसी, टोपिलाल केसी, रिमवहादुर नाथ, खिमराज केसी र गणेश गौतम चयन भएका छन् । समितिको चौथो साधारण सभाले सर्वसम्मत नयाँ समिति चयन गरेको हो । निवर्तमान अध्यक्ष लालबहादुर केसीको अध्यक्षतामा भएको भेलाले नयाँ समिति चयन गरेको हो नव निर्वाचित समितिलाई सपथ समेत गराइएको छ । मुसीकोट नगरपालिका ५, थर्पुमा यो मन्दिर छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८ ११:३४
प्रतिक्रिया दिनुहोस्