Kakhara सबैको खबर सम्पूर्ण खबर
९४०३ वटा स्वाव जाँच्दा १७० जना पोजेटिभ
काेराेना परीक्षणका लागि स्वाव लिइदै ।

जिल्लामा अहिलेसम्म साढे नौं हजार स्वावको नमूना परीक्षण गरिएको छ । पिसिआर विधिबाट ९ हजार ४ सय ३ वटा स्वावको नमुना जाँच्दा १ सय ७० जनामा मात्र कोरोना पुष्टि भएको छ । कोरोना देखिएका अधिकांश निको पनि भैसकेका छन् । आजसम्म १ सय ५४ जना निको हुँदा अव १६ जना मात्र आईसोलेसनमा छन् । त्यस्तै २ जनाको मृत्यु भएको छ । एक जनाको जिल्लामै र एक जनाको नेपालगञ्जमा कोरोना पुष्टि भएकामा उतै मृत्यु भएको थियो ।

भारत तथा तेस्रो मुलुकबाट फिर्ता भएका, कोरोना संक्रमितको सम्पर्कमा आएका तथा शंकास्पद व्यक्तिहरुको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । सुरु सुरुमा जिल्लाबाट सुर्खेत, दाङ, जुम्ला सहित अन्य ठाउँहरुमा समेत स्वाव परीक्षणका लागि पठाउँने गरिएकामा जिल्लामै चौरजहारीमा पिसिआर प्रयोगशाला स्थापना गरिएपछि भने अधिकांश स्वाव चौरजहारीमै परीक्षण हुने गरेको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्सन इश्वर रावलले जानकारी दिनुभयो ।

जिल्लामा रहेका सक्रिय संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँको भनाई छ । उहाँका अनुसार चौरजहारी नगरपालिकामा ३, आठबीसकोट नगरपालिकामा ३, बाँफिकोट गाउँपालिकामा ३, सानीभेरी गाउँपालिकामा १ जना, मुसीकोट नगरपालिकामा ३ जना र त्रिवेणि गाउँपालिकामा २ जना सक्रिय संक्रमितहरु छन् । सक्रिय संक्रमितहरु केहि मध्य केहि स्थानीय तह तथा जिल्ला प्रहरी कार्यालयको आईसोलेसन र केहि होम आईसोलेसनमा रहेको फोकल पर्सन रावलको भनाई छ ।

 

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०७७  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update