नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको १६ औँ स्थापना
दिवसको अवसरमा आयोजित निजामती कर्मचारीहरूको खुला डबल पुरुष ब्याडमिन्टनमा हरिबहादुर खत्री र नरेन्द्रप्रकाश ओलीको जोडी प्रथम भएको छ । २३ टोली सहभागी प्रतियोगितामा रुकुमेली नापी समाजबाट सहभागी भई हरि र नरेन्द्रकाे जोडी प्रथम भएको हो ।
फाइनलमा आयोजकका हिरालाल केसी र कृष्ण सलामीलाई पराजित गर्दै रुकुमेली नापी समाजको तर्फबाट सहभागी संस्थाका सचिब तथा खेलकुद विभाग प्रमुख हरि र नरेन्द्रको टिम प्रथम भएको बताइएको छ ।
प्रतियोगिताका विजेताहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विजेताहरूलाई ट्रफी मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
विजेता जोडीले प्राप्त ट्रफी र पुरस्कार रूकुमेली नापी समाजका अध्यक्ष गणेश खडका मार्फत संस्थामा हस्तान्तरण गरेका छन् । खेलमा विजेता भई संस्थाको शिर उच्च राखेको भन्दै अध्यक्ष खड्काले खेलाडीलाई धन्यवाद दिँदै सम्मान गर्ने बताउनुभयो ।