Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरी गाउँपालिकाको १४ औँ गाउँ सभा सम्पन्न, विभिन्न विधेयक र प्रस्ताव पारित  

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको १४ औँ गाउँ सभा सम्पन्न भएको छ । विभिन्न विधेयक र प्रस्तावहरू पारित गर्दै गाउँ सभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको हो । गाउँ सभाले विभिन्न समयमा भएका निर्णयहरू पनि पास गर्दै बजेट रकमान्तर समेत गरेको गाउँ कार्यपालिका प्रवक्ता पहलसिंह घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँ सभाले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षण, प्रवर्द्धन र कार्यान्वयन सम्बन्धी विधेयक २०८०, दलित समुदायको अधिकार संरक्षण, प्रवर्द्धन र कार्यान्वयन सम्बन्धी विधेयक, वन विधेयक २०८० र शिक्षा ऐन पहिलो संशोधन विधेयक २०८० सर्व सम्मत पारित गरेको छ ।

त्यस्तै आव २०८०/०८१ को बजेट तथा कार्यक्रम संशोधन सम्बन्धी प्रस्ताव, साउन १ देखि पुस १ गतेसम्मको गाउँपालिकाको आय व्यय सार्वजनिक तथा प्रगति समीक्षा सम्बन्धी प्रस्ताव, २०७९/०८० को आर्थिक कारोबारको अन्तिम लेखा परीक्षणको प्रारम्भिक लेखा परीक्षण प्रतिवेदन र चालु आ.व.को लागि सङ्घ र प्रदेशबाट थप बजेट सहितको कार्यक्रमहरू पनि पास गरेको प्रवक्ता घर्तीले जानकारी दिनुभयो ।

स्थानीय तह संस्थागत क्षमता स्व मूल्याङ्कन र स्थानीय तह वित्तीय जोखिम सुशासन स्व मूल्याङ्कन तथा स्थानीय आर्थिक विकासको नतिजा र गाउँपालिकाले सृजना गरेका करार शिक्षक तथा कर्मचारीहरूको दरबन्दी अनुमोदन, गाउँपालिका विषयगत समिति र अन्य विभिन्न समितिहरूले २०७९ साउन १ देखि हालसम्म विभिन्न मितिमा बसेको बैठकले पारित गरेका विभिन्न कार्यक्रम रकमान्तर निर्णय, विविध नियम, कार्यविधि, निर्देशिका र मापदण्ड अनुमोदन पनि गरेको घर्तीको भनाई छ ।

425391667_806681104789918_4668033796380605013_n1707049423.jpg

साथै गाउँ सभाले वित्तीय अनुशासन जोखिम मूल्याङ्कन कार्यविधि २०७७ को अनुसूची २ को बुँदा नम्बर ७५ बमोजिम गाउँपालिकाको सार्वजनिक सम्पत्तिहरूको अद्यावधिक सहितको अभिलेख र आ.व. २०८०/०८१ मा स्थानीय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिका निर्णयहरू समेत अनुमोदन गरेको छ ।

गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टको अध्यक्षतामा भएको गाउँ सभामा जिल्ला समन्वय समिति उप प्रमुख देवबहादुर विकको प्रमुख र गाउँपालिकाका पूर्व अध्यक्ष नरबहादुर पुनको विशेष आतिथ्यता रहेको थियो । सभामा गाउँपालिका उपाध्यक्ष कमला रोका पुन, पूर्व उपाध्यक्ष इन्दिरा ओली, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, गाउँ सभाका सदस्य लगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।

425358946_806681128123249_5227346457244380878_n1707049420.jpg

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update