Kakhara सबैको खबर सम्पूर्ण खबर
पत्रकार बुढालाई “सिर्जनशील सञ्चारकर्मी सम्मान” 
सम्मान ग्रहण गर्दै पत्रकार जयमान बुढा (दायाँ)

रुकुम पूर्वका पत्रकार जयमान बुढा सम्मानित हुनुभएको छ । लुम्बिनी प्रदेशको स्थापना दिवसका अवसरमा बुढालाई प्रदेश गृह मन्त्रालयले “सिर्जनशील सञ्चारकर्मी सम्मान” प्रदान गरेको हो । उहाँलाई नगद ५० हजार र सम्मान पत्र प्रदान गरिएको छ । 

विगत लामो समय देखि पत्रकारिताको मूल्य, मान्यता र आचारसंहितालाई पालना गरी निष्पक्ष र उत्तरदायी रूपमा सन्तुलित सूचना तथा विचार प्रवाह गर्दै राष्ट्र, समाज र पत्रकारितामा योगदान पुर्‍याएको भन्दै बुढालाई सम्मान गरिएको हो । 

उहाँलाई आज प्रदेश स्थापना दिवसको अवसरमा राजधानी दाङको देउखुरीमा आयोजित समारोह मार्फत प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री डिल्ली चौधरीले सम्मान गर्नुभयो । बुढा हाल रुकुम पूर्वबाट गोरखापत्र राष्ट्रिय दैनिकमा संवाददाताका रूपमा कार्यरत हुनुहुन्छ भने प्रेस सेन्टर नेपाल रुकुम पूर्वको उपाध्यक्ष हुनुहुन्छ ।   

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update