कविता: लास्ट बेन्च !
लास्ट बेन्चमा बस्ने
मनुवालाई
मैले चिन्न सकिन
उसको सोच
अनि गरिमालाई
बुझ्न सकिन ।
लास्ट बेन्चमा त
हल्लाखोरहरु
नक्कल गर्ने चोरहरु
नैतिकता बेच्ने नैतिकहीनहरु
इमान बेच्ने पतितहरु
अस्मिता बेच्ने लुटेराहरु
देश बेच्ने खरानीहरु
आदि बस्दैनन र ?
कि,
अरु ठूला भनाउँदा
नविनतम सोच भएका
युगका मन्जरीहरु
बस्छन् र ?
लास्ट बेन्चमा
बलशाली प्रतिभाहरु
सिर्जनशील आत्माहरु
भेट्न गार्हो भएकै हो त ?
फस्ट बेन्चमा रहने
खरिदार
सेवाको पृष्ठभूमि होइन र ?
(२०८०/१०/२४)
प्रकाशित मिति: बुधबार, माघ २४, २०८० २२:११
प्रतिक्रिया दिनुहोस्