Kakhara सबैको खबर सम्पूर्ण खबर
दोस्रो भूमे कप भलिबलको महिला, पुरुष दुवै उपाधी बाग्लुङलाई 

रुकुम पूर्वको भूमे गाउँपालिकामा आयोजित दोस्रो भूमे कप भलिबलको महिला, पुरुष दुवै तर्फको उपाधी बाग्लुङले जितेको छ । रुकुम पश्चिमलाई हराउदै बाग्लुङको पुरुष टिमले उपाधी उचालेको हो । बाग्लुङले नगद ७५ हजार रुपैया सहित कप, मेडल र प्रमाणपत्र हात पारेको छ । यस्तै उप विजेता बनेको रुकुम पश्चिमले नगद ४० हजार र ट्रफिमा चित्त बुझाएको छ । रेन्बो यूवा क्लब भूमेले तेस्रो हुँदै २० हजारको साथमा ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

त्यस्तै महिला भलिबलको उपाधी पनि बाग्लुङले जितेको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ को रुक्मिणि माविलाई पराजित गर्दै विजेता बनेको उसले ५० हजार सहित कप, मेडल र प्रमाणपत्र हात पारेको छ । उप विजेता बनेको रुक्मिणी माविले ३० हजार नगद र ट्रफि, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । रुकुम पश्चिमको टिम तेस्रो भएको छ । उसलाई नगद १५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरेको आयोजक भूमे यूवा विकास केन्द्रका अध्यक्ष सुनिल रोकामगरले जानकारी दिनुभयो । 

यसैगरी यूवा विकास केन्द्रले नृत्य प्रतियोगिता पनि आयोजना गरेको थियो । नृत्य प्रतियोगितामा ममताको समुह पहिलो, सिस्ने ५ का प्रिन्स आर.जे दोस्रो, सिस्ने गाउँपालिकाकै भरत सुनार तेस्रो र भूमे ८ की विनिता बुढा सान्त्वना हुनुभएको छ । प्रथमलाई १० हजार, द्धितियलाई ६ हजार, तृतियलाई ३ हजार र शान्त्वनालाई एक हजार पाँच सय रुपैयाले पुरस्कृत गरिएको छ । 
 

प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८  २०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update