पहिचान नखुलेपछि ९ दिनपछि एक पुरुषको दाहसंस्कार
रुकुम पश्चिममा पहिचान नखुलेको एक पुरुषको शव ९ दिनपछि व्यवस्थापन गरिएको छ । गत माघ १७ गते चौरजहारी नगरपालिका ३ कुरलस्थित भेरी नदीको खोँचमा फेला परेको उक्त बेवारिसे शव बिहीबार मुसिकोट नगरपालिका वडा नम्बर ३ को मुग्लुखोलामा दाहसंस्कार गरिएको हो ।
९ दिनसम्म पनि शवको पहिचान हुन नसकेपछि मुसिकोट नगर प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले शवलाई व्यवस्थापन गरेको मुसिकोट नगर प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक उमेश केसीले जानकारी दिनुभयो । उहाँका अनुसार शवको दाबी गर्न कोही आफन्त नआएपछि जिल्ला अस्पताल सल्लेमा बिहीबार नै पोस्टमार्टम गरी शवको व्यवस्थापन गरिएको हो ।
अन्दाजी ४०/४१ वर्षीय पुरुषको सडेको अवस्थामा गत १७ गते चौरजहारी वडा नम्बर ३ कुरलस्थित भेरी नदीको खोँचमा शव फेला परेको थियो ।
प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८० १३:२९
प्रतिक्रिया दिनुहोस्