Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा समाजवादी माेर्चाकाे जिल्ला संयाेजन समिति गठन

समाजवादी मोर्चा गठन रुकुम पश्चिममा समाजवादी मोर्चा नेपालको जिल्ला संयोजन समिति गठन भएको छ । शुक्रवार मुसिकोटमा बसेको नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको संयुक्त बैठकले मोर्चा गठन गरेको हो । नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक गोविन्द रोका सचिनको संयोजकत्वमा ६ सदस्यीय जिल्ला समिति गठन भएको हो ।

मोर्चाको सदस्यहरूमा माओवादी केन्द्रबाट प्रदेश समिति सदस्य राधा रोकाय, एकीकृत समाजवादीबाट जिल्ला उपाध्यक्ष एवं केन्द्रीय परिषद् सदस्य माधव प्रसाद गौतम र जिल्ला सचिव सुरज परियार, नेकपाबाट केन्द्रीय सदस्य चन्द्र सी र जिल्ला सचिवालय सदस्य अनिता सी रहनु भएको छ ।

समितिको संयोजकत्व समाजवादी मोर्चा नेपालको कार्यविधि २०८० बमोजिम आलोपालो प्रणाली अनुसार हुने भएको मोर्चाद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । बैठकमा एकीकृत समाजवादीका केन्द्रीय सदस्य देवी ओली र जिल्ला अध्यक्ष विमल कुमार पुन, माओवादी केन्द्रका केन्द्रीय सदस्य बुद्धि प्रसाद शर्मा, नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी हरि सी लगायतको उपस्थिति रहेको थियो ।

20fad04b-49ac-42b6-aa17-dd97ba7cd9cd1707475785.jpeg

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update