Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वकाे राष्ट्रपति रनिङ शिल्ड भूमेलाई

रुकुम पूर्वको १५ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड भूमे गाउँपालिकाले जितेको छ । जिल्लाका सिस्ने गर पुथाउत्तरगंगा गाउँपालिकालाई पछि पार्दै भूमेले शिल्ड उचालेको हो । उसले १२ स्वर्ण, सात रजत र आठ कांस्य गरी जम्मा २७ पदक सहित शिल्ड जितेकाे छ । त्यस्तै दश स्वर्ण, ११ रजत र सात कांस्य गरी जम्मा २८ पदक जितेर सिस्ने गाउँपालिका दोस्रो तथा ६ स्वर्ण, आठ रजत र १३ कांस्य गरी २६ पदक ल्याएर पुथाउत्तरगंगा गाउँपालिका तेस्रो भएको छ । 

माघ २६ गते देखी भूमे गाउँपालिका वडा नम्बर ६ महतको रगंशालामा सञ्चालित शिल्ड आज समापन गरिएको छ । ३ गाउँपालिका स्तरका खेलाडी शिल्डबाट सहभागी भएका थिए । सिस्ने, भूमे, तथा पुथाउत्तरगंगा गाउँपालिका भित्रका विद्यार्थीले शिल्डमा प्रतिस्पर्धा गरेको जिल्ला खेलकुद समिति रुकुम पूर्वले जानकारी दिएको छ ।

चार दिन सम्म सञ्चालित  शिल्डमा भलिबल, सट फुट,ज्याभलिङ थ्रो, छोटो तथा लामो दुरीका एक सय मिटर देखी ३ हजार मिटर सम्मको दौड, लङ्ग जम्प, त्रिपल जम्प, रिले दौड, हाई जम्प लगायतका स्पर्धामा विद्यार्थीले प्रतिस्पर्धा गरेको जिल्ला खेलकुद विकास समिति रुकुम पूर्वका अध्यक्ष नामेन्द्र सुनारले जानकारी दिनुभयो ।

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update