रुकुम पश्चिममा एक जना कोरोना भाईरस संक्रमितको मृत्यु भएको छ । आज जिल्ला अस्पताल सल्लेमा मुसीकोट नगरपालिका वडा नं. ७ की ४० बर्षिया एक कोरोना भाईरस संक्रमित महिलाको मृत्यु भएको हो ।
ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि गत शनिबार उनी अस्पताल पुगेकि थिईन । आज बिहान अकस्मात ज्वरो बढेर बेहोस भएकि उनको मृत्यु भएको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्सन ईश्वर रावलले जानकारी दिनुभयो । उनी एक हप्ता अघि मात्र भारतबाट घर फर्किएको जानकारी रहेको फोकल पर्शन रावलको भनाई छ । यो संगै जिल्लामा मृत्यु हुने कोरोना संक्रमितको संख्या २ पुगेको छ ।
यसैविच आजै जिल्लाको त्रिवेणी गाउँपालिकाका २ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको फोकल पर्सन रावलको भनाई छ । संक्रमित हुनेहरुमा एक पुरुष र एक महिला रहेका छन् ।