रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड पुथा हिमालय माध्यामिक विद्यालय मैकोटले जितेको छ । वडा नं। १२ को पर्वत मावि कोलमा आज सम्पन्न शिल्ड वडा नं। १ को पुथा हिमालय मावि मैकोटले जितेको हो । उसले कुल २५ अंक प्राप्त गर्दै शिल्ड आफ्नो पोल्टामा पारेको हो । त्यस्तै १२ अंकका साथ वडा नं। १० को महेन्द्र मावि तक दोस्रो र ६ अंकका साथ वडा नं। ५ को देउराली मावि हुकाम तेस्रो भएको जिल्ला खेलकूद विकास समितिका कोषाध्यक्ष नामेन्द्र सुनारले जानकारी दिनुभयो ।
शिल्डमा गाउँपालिका भित्रका ८ वटै मावि विद्यालयका विद्यार्थीहरूले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । विजेता विद्यालयले नगद १५ हजार सहित शिल्ड उचालेको छ । त्यस्तै दोस्रोले नगद १२ हजार र तेस्रो हुने विद्यालयले नगद १० हजारका साथै मेडल र प्रमाणपत्र प्राप्त गरेको गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक भिमवहादुर मल्लले बताउनुभयो ।
शिल्डमा सहभागि सबै ८ वटै विद्यालयलाई १५ हजार रुपैयाका दरले खर्च समेत उपलब्ध गराईएको मल्लको भनाई छ । शिल्ड वैशाख ३ गते देखि सुरु भएको थियो ।