Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा २ जनामा कोरोना संक्रमण पुष्टि 

रुकुम पश्चिममा आज दुई जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । जिल्लाको त्रिवेणि गाउँपालिका वडा ७ का ३४ वर्षिय पुरूष र ३० वर्षिया महिलामा एन्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । उनिहरु श्रीमान, श्रीमति हुन् । रुघा, खोकि लगायतका लक्षण देखिएपछि स्वास्थ्य सेवा कार्यालयमा पुगेका दम्पतिमा आज एन्टीजेन पोजेटिभ आएको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्शन इश्वर रावलले जानकारी दिनुभयो । 

फोकल पर्शन रावलका अनुसार उनिहरु दुवै जना जिल्ला बाहिर कतै गएका थिएनन् । तर केहि दिन अघि भने चौरजहारीबाट आएको उनिहरुले बताएको उहाँको भनाई छ । अहिले उनिहरुको अवस्था सामान्य रहेको र उनिहरु होम आईसोलेशनमा वस्ने भन्दै घर गइसकेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update