Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वमा १२ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु
शिल्डमा सहभागि विद्यार्थीहरू ।

रुकुम पूर्वमा १२ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । जिल्ला खेलकुद बिकास समिति रुकुम पूर्वको आयोजना र तिन वटै गाउँपालिकाको समन्वयमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड सोमबार भूमे गाउँपालिका वडा नम्बर १ लुकुममा रहेको सिद्धचौर माध्यामिक विद्यालयमा सुरु भएको हो । शिल्डको प्रतिनिधि सभा सदस्य कमला रोका, पूर्व खेलकुद मन्त्री दलजीत सिर्पाली, लुम्बिनी प्रदेश सभा सदस्य तेजबहादुर ओलीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

शिल्डमा छात्र, छात्रा तर्फको भलिबल प्रतियोगिता सन्चालन हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हरिबहादुर थापाले जानकारी दिनुभयो । त्यस्तै एथलेटिक्स तर्फ १ सय मिटर, २ सय मिटर, ८ सय मिटर, १५ सय मिटर र ३ हजार मिटरको दौड पनि हुने छ । रिले दौड तर्फ १ इन्टु १ सय मिटर र ४ इन्टु ४ सय मिटरमा पनि खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन । प्रतियोगितामा जिल्लाका तीन वटै पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डबाट छनोट भएर आएका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् ।  

अब जिल्ला स्तरीय रनिङ शिल्डबाट छनोट भएका खेलाडीहरुले प्रदेश स्तरीय रनिङ शिल्डमा सहभागिता जनाउने छन । सोमबार शिल्डको उद्घाटन गरिएको भएपनि सबै विधाका खेलकुदहरुहरु आजबाट सुरु हुने छन् । 

 

प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  ०९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update